Aamsanchar

कुमारी आमा भनेर चिनिने निहारिका प्रहरीको नियन्त्रणमा

Author Image
शुक्रवार, साउन २०, २०७९

काठमाडौं-कुमारी आमा भनेर चिनिने निहारिका राजपुतलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आफूले न्याय नपाएको भन्दै अनसन बस्दै गर्दा राजपूतलाई प्रहरीले सिंहदरबारबाट नियन्त्रणमा लिएको हो । निहारिका १७ वर्षकी नाबालिग हुँदा उनीमाथी जनकपुरका शिवराज श्रेष्ठले नशालु पदार्थ खुवाएर बलात्कार गरेको आरोप लगाउदैँ आएकी छन् । उक्त बलात्कारपछि रहेको गर्भबाट उनले छोरा जन्माएकी थिईन । बलात्कृत भइसकेपछि न्यायका लागि जहाँ पुगे पनि आफूलाई नै गलत देखाइएको भन्दै उनी पटक पटक अनसनमा बस्दै आएकी छिन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
6
+1
4
+1
1
+1
0
+1
4
+1
8
+1
27
Views: 135

प्रतिक्रिया (०)

सम्बन्धित खबर