Aamsanchar

निरास बनेकी आगलागी पीडित लक्खी मर्डीको मुहारमा मेची अभियानले ल्याइदियो हाँसो  

Author Image
शनिवार, साउन २१, २०७९

मेचीनगर । आगलागीबाट घर जलेर बिचल्लीमा परेकी झापा मेचीनगरकी लख्खी मर्डीले नँया घर पाएकी छन् । उनलाई मेची अभियानको पहलमा घर हस्तान्तरण गरिएको हो ।

मेचीनगर– १४ निवासी मर्डीको गत माघ १४ गते घर आगलागीका कारण जलेर नष्ट भएको थियो । उनलाई हिजो (शुक्रबार) अभियानका परिकल्पनाकार तथा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले घर हस्तान्तरण गरेका हुन् ।

विगत १० वर्ष अघि श्रीमानले छोडेपछि दुई छोराको पालनपोषण गर्दै आएकी एकल श्रमिक महिला मर्डीको आगलागीले घरसँगै अन्नपातसमेत जलेको थियो । मर्डी स्थानीय चिया वगानमा मजदुरी गर्दै आएकी छन् ।

मजदुरी गरी जीविकोपार्जन गर्दै आएकी उनी घरविहीन बनेसँगै मेची अभियान काँकरभिट्टाले घर निर्माण कार्यक्रम सुरु गरेको मेची अभियानका संयोजक विजय डालमियाले बताए ।

गत फागुनमा घरको शिलान्यास पनि अभियानका परिकल्पनाकार तथा नेपाली कांग्रेसका महामन्त्री शर्माले गरेका थिए । मर्डीको घर निर्माणमा शर्माले झापा पुगेर श्रमदानसमेत गरेका थिए । नेता शर्मा र उनकी श्रीमति कविता शर्माले घर निर्माणका लागि ११ हजार रुपैयाँ आर्थिक सहयोगसमेत गरेका थिए ।

घर निर्माणमा देश तथा विदेशबाट विभिन्न व्यक्तिले सहयोग गरेको अभियानका संयोजक डालमियाले बताए । डालमियाका अनुसार घर निर्माणमा ४ लाख १७ हजार ६३९ रुपैयाँ खर्च भएको छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 114

प्रतिक्रिया (०)