काठमाडौं : एक किलो ८० ग्राम चाँदीका गरगहनासहित बाराबाट दुईजना भारतीय नागरिक पक्राउ परेका छन्।
बाराको विश्रामपुर गाउँपालिका-१ खेखरियाबाट भारततर्फ जाँदै गर्दा भारत मोतीहारी पूर्वी चम्पारण बिहारग्राम पञ्चायत हरपुर-८ का २९ वर्षीय मुकेश सोनार र २५ वर्षका अस्माराम सोनार पक्राउ परेको बाराका डिएसपी राजेश थापाले जानकारी दिए।
उनका अनुसार नेपालबाट भारततर्फ जाँदै गरेको बी आर ०५ वाई ०१०१ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा उनीहरूले पाइन्टको खल्तीमा लुकाएर लाँदै गरेको चाँदीकोगहना बरामद गरिएको हो। उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 405