Aamsanchar

कुन बार कुन भगवानको पूजा गर्ने ?

Author Image
शनिवार, साउन २१, २०७९

सनातन धर्मको मान्यताअनुसार ३३ करोड देवी-देवता छन् । यी सबै देवीदेवताको पूजा एकसाथ गर्न सम्भव पनि छैन । त्यसैले हरेक बारको आफ्नै महत्व रहिआएको छ । यद्यपि, कुनैकुनै दिनमा भने विशेष देवी–देवता को पूजाअर्चना गर्दा सांसारिक कामना पूरा हुने जनविश्वास छ ।

सप्ताहको सात दिनले पनि विशेष महत्व राख्दछ । हिन्दु धर्मले कुन दिन कुन देवीदेवताका लागि समर्पित छ भन्ने कुरालाई प्रष्ट पारेको छ । यसरी गरिने पूजाबाट के फल मिल्छ जानी राखौँ ।

आइतबारः आइतबारलाई सूर्य देवको बार मानिन्छ । यस दिन व्रत बस्नु, घिउ, तेल र नुनबाट टाढा रहनुले शुभ फल मिल्नेछ । आइतबारको दिन रातो रङ्गको कपडा लगाउने, रातो चन्दनको टीका लगाउने र रातै रङ्गको फलफूल सूर्य नारायणलाई अपर्ण गरी गरिबहरूलाई बाढेको खण्डमा फल प्राप्ति हुनेछ ।

सोमबारः सोमबारको दिन देवताको पनि देवता, महादेव र चन्द्र ग्रहको पूजा गरे फल प्राप्ति हुनेछ । विवाह नगरेका कन्याले आफूले चाहेको जीवन साथी पाउनका लागि यो दिन व्रत बसे मनोकाङ्क्षा पूरा हुने विश्वास छ । यो दिन सेतो रङ्गको कपडा लगाउने र सेतै रङ्गको वस्तुहरूको दान गरेमा विशेष फल प्राप्त हुनेछ ।

मंगलबारः मङ्गलबारको दिन हनुमान र मङ्गल ग्रहको लागि समर्पित छ । मङ्गलबारको दिन हनुमानको जन्म भएको थियो । यो दिन व्रत बस्नाले जीवनमा कहिल्यै पनि अशुभले घेर्ने छैन । यो दिन रातो वस्त्र लगाउनु उत्तम हुनेछ । हनुमानलाई रातो रङ्गको मिठाई चढाएको खण्डमा शनि तथा मङ्गल ग्रहको शुभकामना मिल्नेछ ।

बुधबारः यो दिन बुद्धिका दाता भगवान श्री गणेशको उपासनाको दिन हो । बुधबार श्री गणेशका साथै बुध ग्रहको पनि पूजा गरिन्छ । यो दिन हरियो रङ्गको कपडा लगाउनु शुभ हुनेछ । मुंगको दाल, घिऊँ वा दहीको दान गरेमा समाजमा मानसम्मान बढ्ने र बुद्धि बढ्ने छ । साथै, यो दिन दही युक्त अन्नले भगवान विष्णुको पूजा गर्नाले पुत्र सुख मिल्ने छ ।

बिहीबारः बिहीबार देवताका गुरु बृहस्पति तथा भगवान श्री हरि विष्णुको लागि समर्पित छ । यो दिन व्रत बस्नाले धन, पुत्र तथा विद्या प्राप्ति हुनेछ । पहिलो रङ्गको कपडा लगाउने र पहेलै वस्तुको दान गरेमा शुभ मिल्नेछ । साथै, यो दिन विष्णुकी पत्नी लक्ष्मीको पनि पूजा गरिन्छ ।

शुक्रबारः यो दिन देवी दुर्गाको पूजा गरिन्छ । त्यसैले यो दिन देवी दुर्गाका साथै उनका सबै अवतारको पूजा पनि गरिन्छ । महालक्ष्मी, देवी दुर्गा, वैभव लक्ष्मी, सन्तोषी माता तथा शुक्र ग्राहप्रति यो दिन समर्पित छ । यो दिन सेतो कपडा लगाउनु पर्नेछ । शुक्रबार घरमा खीर बनाएर गरिबलाई बाँड्नाले घरको भण्डार भरिनेछ ।

शनिबारः यो दिन भगवान शनिदेवप्रति समर्पित छ । त्यसैले यदि तपाईंको शनिको दशा चलिरहेको छ भने यो दिन मन्दिरमा शनिदेवको पूजा गरेर शान्त पार्न सक्नु हुनेछ । यो दिन भगवान हनुमान तथा काली माताको पनि पूजा गरिन्छ । शनिबारलाई अकाल मृत्यु निवारण गर्ने बारको रुपमा पनि लिइन्छ । यो दिन शनिदेवका साथै भगवान रुद्रको पूजा गरिन्छ । शनिबारको दिन कालो रंगको कपडा लगाउने र कालो वस्तु गरिबलाई दान गर्दा फल प्राप्ति हुनेछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
5
+1
2
+1
0
+1
0
+1
0
+1
1
+1
0
Views: 43

प्रतिक्रिया (०)