Aamsanchar

पाँचथरमा १९ वर्षीया सुत्केरी महिलाको ज्यान गयाे

Author Image
आइतवार, साउन २२, २०७९

पाँचथर – पाँचथरको सदरमुकाम फिदिममा रहेको गणेशमान सिंह सामुदायिक अस्पतालमा एक सुत्केरी महिलाको ज्यान गएको छ । फिदिम नगरपालिका–६ की १९ वर्षीया करिना फागो (तुम्रोक) को ज्यान गएको हो ।

हिजो बिहान सामान्य रुपमै बच्चा जन्माएकी करिनाको बेलुका रगत कम देखिएको र थप रगत दिइएको उपचारमा संलग्न डाक्टरले बताएका छन् ।

पछि थप उपचारका लागि एम्बुलेन्सबाट झापा लैजाने तयारी हुँदा बेहोस भएपछि उहाँकाे ज्यान गएको अस्पतालले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
Views: 72

प्रतिक्रिया (०)

सम्बन्धित खबर