Aamsanchar

संघीय लिम्बुवानद्वारा बिर्तामोडमा विरोध पर्दशन  

Author Image
आइतवार, साउन २२, २०७९

बिर्तामोड ।  संघीय लिम्बुवान पार्टी नेपालले झापाको बिर्तामोडमा आइतबार (आज) विरोध प्रर्दशनी गरेको छ । वि.स. २०६४ चैत्र ६ गते नेपाल सरकार र लिम्बूवान बिच भएको ५ बुँदे सहमति लगायतका सन्धि, सहमति कार्यन्वयन नभएको भन्दै पार्टीले शान्तिपूर्ण विरोध प्रदर्शन गरेको हो । 

पार्टीले बिर्तामोडको मुक्तिचोकमा कोणसभा गर्दै वि।स। १८३१ श्रावण २२ गते तत्कालीन कान्तिपुरका राजा पृथ्वीनारायण शाह र लिम्बूवान बिच भएको सन्धि र २०६४ चैत्र ६ गते नेपाल सरकार र लिम्बूवान बिच भएको ५ बुँदे सहमति लगायतका सन्धि तथा सहमति कार्यन्वयन नभएको भन्दै विरोध प्रदर्शन गरेको छ । 

अरुण पूर्वका भूभागलाई आदिवासी लिम्बू, याक्खा याम्फू, लोड, आठपहरे मेवाहाङ, शेर्पा, लेप्चा, धिमाल, कोच, मेवे सन्थाल, ताजपुरिया लगायतका राष्ट्रहरूको आत्म निर्णयको अधिकारसहित लिम्बूवान स्वायत राज्य स्थापना गर्नुपर्ने, नेपालको नश्लीय औपनिवेशिक संविधान संशोधन र पुनर्लेखन गर्नु पर्ने, महङ्गी, भष्ट्राचार कालाबजारी र बलात्कार बन्द हुनुपर्ने, राष्ट्रघाती जनविरोधी कार्यहरू बन्द गर्नु पर्ने, भ्रष्टाचाररहित लिम्बूवान राज्य स्थापना गर्नु पर्ने माग राख्दै पार्टीले विरोध प्रदर्शन गरेको छ । 

पार्टीका केन्द्रिय अध्यक्ष सन्जुहाङ पालुङ्गाको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका सर्वमान्य नेता वीर नेम्बाङ, केन्द्रिय उपाध्यक्ष निश्चलता लावती, केन्द्रिय विभागीय सचिव गोकुल भुजेल, याक्थुङ चुम्लुङका अध्यक्ष भक्ति याक्थुम्बा लगायतले शुभकामना मन्तव्य राखेको पार्टीका केन्द्रिय कोषाध्यक्ष एलबी पालुङ्वा ले जानकारी दिए । पार्टीका केन्द्रिय उपाध्यक्ष तथा झापा इन्चार्ज मित्र लिङ्देनलगायतका नेता तथा कार्यकर्ताको सहभागिता रहेको कार्यक्रमको सञ्चालन केन्द्रिय विभागको सचिव तथा सुनसरी इन्चार्ज सुजयकुमार राईले गरेका थिए ।  

Views: 295

प्रतिक्रिया (०)