Aamsanchar

विराटनगरको  सास्थम कलेज विद्यार्थी भर्ना अभियान लिएर प्रदेश का मुख्य शहरहरूमा 

Author Image
बुधवार, साउन २५, २०७९


बिर्तामोड ।  विराटनगरको सास्थम कलेजले विद्यार्थी भर्ना अभियानलाई प्रदेश व्यापी बनाउने भएको छ ।

विराटनगर –१४ मलाया रोडमा रहेको सास्थम कलेजले प्रदेश १ का मुख्य शहरहरूमा कक्षा १२ पास गरेका विद्यार्थी, शिक्षक र अभिभावकहरूलाई कलेजको सेवा सुविधाको बारेमा जानकारी दिने उद्देश्यले  अभियान सुरु गरेको हो ।

सन् २००० मा स्थापना भएको कलेजले  हाल सम्म १४ औं ब्याच विद्यार्थीलाई पास आउट गराउन सफल भएको आज ( बुधबार ) बिर्तामोडमा आयोजित शैक्षिक परामर्श कार्यक्रममा कलेजका ट्रेनिङ प्लेसमेन्ट इन्चार्ज कमल आचार्यले बताए ।

सास्थमले होटल मेनेजमेन्ट, बीएचएम र बिबिए  कक्षहरू सञ्चालन गर्दै आएको छ ।

चार बर्से अध्ययन अवधि रहने र तीनवटै विषयमा हाल चार सय जना विद्यार्थीले अध्ययन गरिरहेको, यस अघि सन् २०१७ र ०१८ मा उपत्यका बाहिर उत्कृष्ट कलेजको अवार्ड प्राप्त गरेको कलेजका मेनेजर महेश्वरप्रसाद सिंहले जानकारी दिए ।

कलेजको आफ्नै चार तारे होटल भएकाले विद्यार्थीहरूलाई यस कलेजमा अध्ययन गर्न धेरै सहज हुने बीएचएम प्रोग्राम डाइरेक्टर शैलेश गणेशले बताए । उनले भने ‘ बिबिए को कोर्ष पुरा गर्दा ३ लाख र बीएचएम कोर्ष पुरा गर्दा करिव ५ लाख विद्यार्थीले लगानी गर्नु पर्ने हुन्छ ।’

बिर्तामोडमा भएको कार्यक्रममा करिव एक सय  जनाको सहभागिता रहेको थियो ।  झापाको दमक र बिर्तामोड हुँदै कलेजको अभियान टोली इलाम तर्फ लागेको छ । 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
3
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 102

प्रतिक्रिया (०)