Aamsanchar

यूईएफए सुपर कपको उपाधि रियल मड्रिडलाई

Author Image
बिहिवार, साउन २६, २०७९

स्पेनिस क्लब रियल मड्रिडले यूईएफए सुपर कपको उपाधि जितेको छ। फिनल्याण्डस्थित हेल्सिन्की स्टेडियममा सम्पन्न खेलमा च्याम्पियन्स लिगको विजेता रियल मड्रिडले युरोपा लिगको विजेता जर्मन क्लब फ्रान्कफर्टलाई हराउँदै सुपर कपको उपाधिक जितेको हो।

खेलको ३७ औं मिनेटमा कासेमिरोको पासमा डेभिड अल्बाले गोल गर्दै मड्रिडलाई अग्रता दिलाएका थिए। दोस्रो हाफमा करिम बेन्जेमाले अर्को गोल थपे। उनले खेलको ६५ औं मिनेटमा भिनिसियस जुनियरको पासमा गोल गरेका थिए।

योसँगै रियल मड्रिडले पाँचौ पटक सुपर कपको उपाधि जितेको छ। साथै मड्रिडका करिम बेन्जेमाले बालोन डि ओर जित्ने सम्भावना पनि बलियो बनाएका छन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 60

प्रतिक्रिया (०)

सम्बन्धित खबर
नेपालले आज थाइल्याण्डसँग खेल्ने
आइतवार, कार्तिक २५, २०८१
नेपालले आज यूएई विरुद्ध खेल्ने
शनिवार, कार्तिक २४, २०८१