Aamsanchar

जम्मु कश्मीरमा सुरक्षा बल र आक्रमणकारीबीच भिडन्त, तीन भारतीय सैनिकको मृत्यु

Author Image
बिहिवार, साउन २६, २०७९

काठमाडौं : जम्मु कश्मीरको राजौरी जिल्लाको दारहल क्षेत्रमा भारतीय सेनाको क्याम्प नजिक सुरक्षा बल र आक्रमणकारीबीच भिडन्त भएको छ।

भिडन्तमा तीन भारतीय सैनिकको मृत्यु भएको र दुई चरमपन्थीको पनि ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

जम्मुका अतिरिक्त प्रहरी महानिर्देशक मुकेश सिंहले दारहाल प्रहरी चौकीबाट करिब ६ किलोमिटर टाढा रहेको सेनाको क्याम्पमा विद्रोहीले हमला गरेको जनाएको छन्।

त्यहाँ थप सुरक्षा बल पठाइएको छ र क्षेत्रमा खोजी अभियान जारी छ।

Views: 487

प्रतिक्रिया (०)

सम्बन्धित खबर