Aamsanchar

नेपाल उद्यमशील महिला संघ द्वारा चौहान सम्मानित 

Author Image
आइतवार, साउन २९, २०७९

बिर्तामोड । झापामा महिला उद्यमशीलताको क्षेत्रमा काम गर्दै आएकी झापा बिर्तामोड ५ निवासी एक उद्यमी तथा प्रशिक्षक निर्मला भण्डारी चौहानलाई सम्मान गरिएको छ ।

शनिवार बिर्तामोड स्थित नेपाल उद्यमशील महिला संघको पाचौँ साधारण सभा तथा तेस्रो अधिवेशन उद्घाटन सत्रमा चौहानलाई सम्मान गरिएको हो ।

२०७३ साल देखि विभिन्न सीप सिकी मेचीनगर १२ मा जागृती सीप केन्द्र नाम उद्योग स्थापन गरि महिलाहरूलाई उद्यमी बनाउन र रोजगारीको अवसर प्रदान गर्न महत्वपूर्ण योगदान गरे वापत चौहानलाई सम्मान गरिएको हो । उनलाई संस्थाकी अध्यक्ष पार्वता विमली खरेल र प्रमुख अतिथि बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतरा प्रसाईँले सम्मान गरेका हुन् ।

सम्मानित चौहान लघु उद्यमी संघ झापाकी अध्यक्ष पनि हुन् । 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 459

प्रतिक्रिया (०)