Aamsanchar

४५ वर्षसम्म बन्द भएकाे मल्लकालीन तान्त्रिक भैरव नाच सुरु, चार दिन चार रात चल्ने

Author Image
आइतवार, साउन २९, २०७९

भक्तपुर – ४५ वर्षसम्म बन्द भएर लोपोन्मुख अवस्थामा पुगेपछि स्थानीयवासीको पहलमा सुरु भएको मल्लकालीन तान्त्रिक लाय्कू भैल : अर्थात भैरव नाच यस वर्ष हिजाे राति ८ बजेदेखि सुरु भएको छ ।

मध्यपुरथिमिको लाय्कू दरबारबाट निस्किएर बालकुमारी मन्दिर प्राङ्गणमा प्रदर्शन गरिएको भैरव नाच हिजाे राति ९ बजेदेखि सुरु भएकाे हाे ।

हिजाे राति नै विभिन्न टोलमा चार दिन चार रात सञ्चालन हुने भैरव नाच सबैको सहयोग र एक महिनादेखिको अथक तयारी एवम् प्रयासबाट सञ्चालन गरिएको लाय्कू भैल : सञ्चालन समितिले जनाएको छ ।

दुई वर्ष यहाँको युवाको सक्रियतामा पुनः सञ्चालनमा आएको तान्त्रिक एवम् ऐतिहासिक भैरव नाच गएकाे दुई वर्ष कोरोना भाइरस सङ्क्रमण महामारीका कारण सञ्चालन गर्न नसके पनि यस वर्ष भने भव्यरूपमा सञ्चालन सुरु भएको हो । भाद्र कृष्ण द्वितीया (गुंलागा द्वितीया) देखि ३१ गते पञ्चमीसम्म मनाइने नाच सञ्चालन एवम् व्यवस्थापन समितिका संयोजक एवम् गुरु अर्जुन श्रेष्ठले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 373

प्रतिक्रिया (०)