Aamsanchar

रेडक्रस झापाका सभापति लोकराज ढकाललाई मातृ शोक

Author Image
आइतवार, साउन २९, २०७९

झापा ।  नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकाललाई मातृ शोक परेको छ ।
विगत लामो समयदेखि क्यान्सर रोगबाट ग्रसित लक्ष्मीदेवी ढकालको ७५ वर्षको उमेरमा निधन भएको हो । २००४ साल वैशाख ४ गते जन्मिएकी ढकालले २०५४ सालमा पति कुलप्रसाद ढकाललाई गुमाएसँगै दुई छोरा र तीन छोरी लक्ष्मीदेवीका साथमा रहेकी थिइन् ।

मेचीनगर १४ दुवागढी स्थित ढकालका दुई छोरा तीन छोरी छोरी रहेका छन् ।
ढकालकी दुई छोरा बुहारीमा लोकराज– गोमा, होमराज – दिव्या रहेका छन् भने तीन छोरीमा होमा दुलाल, पद्मा उप्रेती र विन्दु रिजाल रहेका छन् ।

ढकालका जेठा छोरा लोकराज नेपाल रेडक्रस सोसाइटी सहित विभिन्न सामाजिक संघ संस्थामा समेत आवद्ध छन् । लामो समय पत्रकारितामा सक्रिय ढकाल हाल उनी नेपाल प्रेस युनियनसँग आवद्ध रहेका छन् ।
उता कान्छा छोरा होमराज नेपाल शिक्षक संघ मेचीनगर अध्यक्ष हुन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
Views: 261

प्रतिक्रिया (०)