

विराटनगर । मोरङको सुन्दरहरैचा–११ मा आगोमा जलेर एक जना को मृत्यु भएको छ ।

आगोमा जलेर बेलबारी–११ घर भएका ३८ वर्षीय कुमार श्रेष्ठको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता नविनराज राईले जानकारी दिए ।
बुधबार राति करिब ११ बजेतिर बालकृष्ण गिरीको साढे दुई तले घरमा आगो लाग्दा श्रेष्ठको मृत्यु भएको हो । उनी घरमा रंगरोगन गर्ने मजदुर भएको भन्ने खुलेको प्रहरीले जनाएको छ ।

विद्युत सर्ट भएर आगो लागेको प्रहरीको प्रारम्भिक अनुमान छ ।
Views: 304

