Aamsanchar

एमाले अध्यक्ष ओलीलाई दुर्गा प्रसाईँको प्रश्न ? हामीले झापा क्षेत्र नं. ३ मा  सूर्यमा कि गाईमा भोट हाल्ने हो ?

Author Image
बिहिवार, भदौ २, २०७९

झापा । नेकपा एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाईले झापा क्षेत्र नम्बर ३ का जनताले सुर्यमा भोट खसाल्न पाउनुपर्ने बताएका छन् । झापाको बनियानीमा आयोजित बृहत् पार्टी प्रबेश तथा कार्यकर्ता भेलामा बोल्दै उनले यहाँका जनतालाई हलो र गाई भन्दै अन्यौलमा पार्न नहुने बताए । सुर्यमा भोट खसाल्न पाउनुपर्ने जनताको माग रहेको उनको भनाई थियो ।

बिएण्डसीका संचालक समेत रहेका प्रसाईले मंसिर ४ को चुनावमा झापा ३ का जनताले सुर्यमा मतदान गर्न पाउनुपर्ने बताएका छन् । उनले सम्बोधन गर्दै भने – अध्यक्ष ज्यू यहाँका जनताको जिज्ञासा छ, हामीले यहाँ सुर्यामा कि गाईमा भोट हाल्ने हो ?

झापा ३ मा एमालेको उम्मेदवारका रुपमा चर्चामा रहेका प्रसाईले आफू उम्मेदवार भए पनि नभए पनि यस क्षेत्रको दुखमा सधै उपस्थित हुने प्रतिबद्धता ब्यक्त गरेका छन् । उनले झापा ३ मा एमाले बिजयी हुने कुरामा ढुक्क हुन आग्रह समेत गरेका छन् ।

 

Views: 3579

प्रतिक्रिया (०)

सम्बन्धित खबर