Aamsanchar

एक मौलिकता भरिएको रामेछाप चिसापानी हिले जात्रा

Author Image
शुक्रवार, भदौ ३, २०७९

नेपालका बिभिन्न स्थानहरुमा फैलिएका नेवा समुदायले आआफ्नै तवरले आफ्नो मौलिकतालाई जोगाएका छन् । यस्तै केहि अनुपम दृष्टान्तहरुमा रामेछापको चिसापानी हिले जात्रा पर्दछ । रामेछापको चिसापानी, ठोसे र भंगेरीमा रहेका नेवार समुदायहरुले रामेछाप चिसापानी हिले जात्रामा बिभिन्न कार्यक्रमहरु वार्षिक रुपमा गर्दै आएका छन् । जनै पुर्णिमाको दिन तासा नाचबाट सुरु भई ९ दिन सम्म इतिहास बोकेका विभिन्न परम्परागत कलाको झलक सहित कृष्ण जन्माष्टमीको भोलिपल्ट  अन्त्य हुने र  हिले जात्रा पर्वमा देखाइने विभिन्न नाच पदर्शन गरिन्छ ।

रामेछाप हिले जात्रामा के के गरिन्छ ?
पञ्चेबाजा, जैमुनी बालन, तासा नाच, देवी नाच, लाखे नाँच, हनुमान नाच, मारुनी नाँच, घोडा नाच, बिबाह, रोपाइ एबं ब्यङयात्मक प्रहसन जस्ता कार्यक्रमहरु प्रदर्शन गरि यस रामेछाप हिले जात्रा मनाइन्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 410

प्रतिक्रिया (०)