Aamsanchar

फ्रान्स, इटाली र अस्ट्रियामा आँधी, १३ जनाको मृत्यु

Author Image
शुक्रवार, भदौ ३, २०७९

Photo : Reuters

युरोपको मध्य र दक्षिणी क्षेत्रमा आएको आँधीका कारण तीनजना बालबालिकासहित १३ जनाको मृत्यु भएको छ। फ्रान्स, इटाली र अस्ट्रियामा आँधीका कारण जनधनको क्षति भएको बीबीसीले उल्लेख गरेको छ। रुख ढलेर लाग्दा धेरैको मृत्यु भएको हो।

अत्याधिक वर्षासँगै चलेको हावाहुरीले यी क्षेत्रका कयौं घरमा क्षति पुगेको छ भने सडक जलमग्न भएका छन्। हप्तौंको अत्याधिक गर्मी र सुख्खा पछि परेको वर्षाले जनजीवन प्रभावित बनेको छ।

आँधी र बाढीका कारण केही व्यक्ति घाइतेसमेत भएका छन्। अधिकारीहरुले प्रभावित क्षेत्रका बासिन्दाहरुलाई सतर्कता अपनाउन आग्रह गरेको छ।

Views: 293

प्रतिक्रिया (०)

सम्बन्धित खबर