Aamsanchar

थारु समुदायले धान उत्पादनमा वृद्धि हुने विश्वासका साथ हरेरी पूजा मनाए

Author Image
शुक्रवार, भदौ ३, २०७९

काठमाण्डाै – पश्चिम तराईका थारु समुदायले धान उत्पादनमा वृद्धि हुने विश्वासका साथ हरेरी पूजा मनाएका छन् ।

पुरानै परम्परागत हरेरी पूजा गर्दै अएका थारु समुदायले यस वर्ष पनि धान उत्पादनमा वृद्धि हुने विश्वासका साथ हरेरी पूजा मनाएका हुन् । धानमा किरा लाग्नबाट बचाउन र धान उत्पादनमा वृद्धि हुने विश्वासले हरेरी पूजा गर्ने  गर्छन् ।

धान रोपाइँ  सकेको केही दिनपछि पश्चिम तराईका थारु समुदायमा गाउँभरका मानिसहरुले रकम सङ्कलन गर्छन् । सङ्कलन भएको रकमले पूजा सामग्री  किन्ने र देवी देवतालाई चढाउनका लागि मिठाई किनेर देवि माताका जनावर र देवी, देवताहरुको मूर्ति बनाएर पूजा गर्ने चलन छ ।

हरेरी पूजा गरेपछि धान उत्पादनमा वृद्धि र धानमा किरा समेत नलाग्ने गरेको बर्दिया जिल्लाको बढैया ताल गाउँपालिका-५ का बरघर गोविन्दप्रसाद थारुले बताउनुभयो । थारुहरुको दानवा भन्ने देवताले धानमा लाग्ने किराहरु लाग्नबाट जोगाउनका साथै उत्पादनमा वृद्धि गराउने उहाँको भनाइ छ ।

हरेरी पूजा गर्दा उत्पादनमा वृद्धि हुनुका साथै रोगव्याधी नलाग्ने थारु समुदायको विश्वास छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 345

प्रतिक्रिया (०)