Aamsanchar

बिर्तामोडमा पूजाज कलेक्सनको सेवा विस्तार, झापाकै ठुलो सोरुम भएको दावी 

Author Image
शुक्रवार, भदौ ३, २०७९


बिर्तामोड । झापाको बिर्तामोडमा पूजाज कलेक्सनले व्यवसायिक सेवा विस्तार गरेको छ । काँकडभिट्टा रोडमा रहेको कलेक्सनले नयाँ बिल्डिङको चार वटा तल्लामा सेवा विस्तार गरेको हो ।

बिर्तामोडका विभिन्न संघ संस्थामा आवद्ध पुजा अग्रवाल र नवीन अग्रवालले सञ्चालनमा ल्याएको पूजाज कलेक्सनको बिर्तामोड नगरपालिका प्रमुख पवित्रा महतरा प्रसाईं र माता मन्दिरकी माता  पद्मादेवी सेढाइले रिबन काटेर उद्घाटन गरेका थिए ।

आज  कृष्णजन्माष्टमीको शुभ सहित पारेर सोरुमको उद्घाटन गरिएको कलेक्सन झापाकै ठुलो फेन्सी कपडाको सोरुम भएको सञ्चालक ले दावी गरेका छन् ।

महिला, पुरुष र बालबालिकाहरूको सबैखाले कपडाहरू उपलब्ध रहेको सोरुम पूर्ण वातानुकूलित रहेको छ ।

बेहुली पहिरन र महिलाहरू पुरूषका लागि आधुनिक तथा ब्रान्डेड कपडाहरू खुद्रा मूल्यमा पाइने सञ्चालक नवीन अग्रवालले बताए ।

बिर्तामोडमा एकै ठाउँ सबै प्रकारका लत्ताकपडाहरू उपलब्ध नभएर अन्य विभिन्न सहर सम्म पुग्ने सेवाग्राहीहरूलाई बिर्तामोडमै सेवा उपलब्ध गराउने लक्ष्य राखेर पूजाज कलेक्सनको सेवा विस्तार गरिएको अग्रवालको भनाई रहेको छ ।

 

Views: 3273

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनको मूल्य
शुक्रवार, फागुन ८, २०८२
बढ्यो अण्डाको मूल्य
बुधवार, फागुन ६, २०८२