Aamsanchar

नेता प्रदीप गिरीको स्वास्थ्य अवस्था चिन्ताजनक, भेन्टिलेटरबाट बाहिर ल्याइयो 

Author Image
शनिवार, भदौ ४, २०७९

फायल फोटो ।

काठमाडौँ। नेपाली कांग्रेस नेता प्रदीप गिरीको स्वास्थ्य अवस्था अत्यन्त चिन्ताजनक रहेको अस्पतालले जनाएको छ।

विगत तीन सातादेखि ललितपुरको मेडिसिटि अस्पतालमा उपचार भइरहेका गिरीलाई बिहीबार भेन्टिलेटरमा राखिएता पनि हिजो शुक्रबार परिवारको आग्रहमा भेन्टिलेटरबाट निकालिएको थियो।

स्रोतका अनुसार अहिले उनलाई अति उच्च मात्रामा अक्सिजन दिइएको छ र अवस्था अत्यन्त चिन्ताजनका छ।

भारतको मुम्बईस्थित एक अस्पतालमा क्यान्सरको उपचार गराएर नेपाल फर्किएका गिरी लगत्तै मेडिसिटी अस्पतालमा भर्ना भएका थिए। पछिल्लो समय उनलाई निमोनियाले सताएको थियो।

Views: 402

प्रतिक्रिया (०)