Aamsanchar

रुसी राष्ट्रपति पुटिनका विश्वासपात्र दुगिनकी छोरीको हत्या

Author Image
आइतवार, भदौ ५, २०७९

काठमाडौं : रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको ‘दिमाग’ को परिचय पाएका अलेक्जेन्डर दुगिनकी छोरीको हत्या भएको छ।राजधानी मस्को नजिक अलेक्जेन्डरकी छोरी दार्या दुगिनको हत्या भएको हो। दार्या दुगिन रुसकी चर्चित पत्रकार तथा कमेन्टेटर थिइन्। उनले युक्रेनमाथिको रुसी आक्रमणको समर्थन गर्दै आएकी थिइन्। स्थानीय सञ्चारमाध्यमका अनुसार अफिसबाट घर जाँदै गर्दा शनिबार साँझ दार्याको कारमा विस्फोट भएको हो। कतिपयले यो आक्रमण अलेक्जेन्डरलाई लक्षित गरिएको हुन सक्ने आशंका गरेका छन्।

अलेक्जेन्डर रसियाका धुरन्धर राष्ट्रवादी मानिन्छन्। हाल युक्रेनमाथि भइरहेको रुसी आक्रमणको मास्टरमाइन्ड पनि अलेक्जेन्डर नै भएको कतिपयको भनाइ छ।

रुसी सञ्चारमाध्यमहरुका अनुसार अलेक्जेन्डरकी छोरी तथा पत्रकार दार्याको शनिबार साँझ हत्या भएको हो। एउटै अफिसबाटसँगै निस्किएका अलेक्जेन्डर र दार्या बाबुछोरी एउटै कारमा घर जाने तयारीमा भए पनि अलेक्जेन्डर अन्तिम समयमा अर्को कारमा चढेका थिए।

Views: 284

प्रतिक्रिया (०)

सम्बन्धित खबर