Aamsanchar

आफुलाई वर्षौँदेखि कुटपिट गर्दै आएका श्रीमानको हत्या गर्ने श्रीमती पक्राउ

Author Image
आइतवार, भदौ ५, २०७९

बागलुङ –  निसीखोला गाउँपालिकाका तुलबहादुर विकको उनकै श्रीमतीले गरेको खुलेको छ। बुधबार निसीखोला गाउँपालिकाको झिवाखोला नजिकै टाउको नभएको अवस्थामा मृत भेटिएका निसीखोला गाउँपालिका- ५ कामीडेराका २४ वर्षीय विकको हत्या उनकै श्रीमती २३ वर्षीया कुमारी कामीले गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक दयानिधि ज्ञवालीले जानकारी दिए।

विकका श्रीमती कुमारी कामीले साउन २५ गते राती विकको धन र चिर्पटले हानी हत्या गरि टाउको काटेर घर नजिकै निसीखोलामा शव फालेको स्वीकार गरेको प्रहरी उपरिक्षक ज्ञवालीले बताए।

पर स्त्रीसँगको अनैतिक सम्बन्ध र मादक पदार्थ सेवन गरि आफुलाई वर्षौँदेखि कुटपिट गर्दै आएका श्रीमानको व्यवहारबाट आजित भएर उनले घनले टाउकोमा हानी बेहोस बनाएर खुकुरीले टाउको काटेर हत्या गरेको प्रहरीसँग कुमारीले बयान दिएकी छिन्।

२०६३ सालमा विवाह गरेका तुलबहादुर र कुमारीका २ वर्षीया छोरी छन्। घरदेखि ७ किलोमिटर तल झिवाखोलामा विकको मृत शरीर भेट्टिए पनि टाउको हालसम्म फेला परेको छैन।

कुमारीसँगै प्रहरीले उनकी १८ वर्षीया बहिनी मनिषा विकलाई पनि नियन्त्रणमा लिएर सार्वजनिक गरेको छ। भिनाजुको हत्यामा दिदीलाई सहयोग गरेको हुन सक्ने आशंकामा बहिनीलाई नियन्त्रण लिएर अनुसन्धान गरिरहेको ज्ञवालीले बताए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
2
+1
1
+1
1
+1
0
+1
2
+1
1
+1
0
Views: 1925

प्रतिक्रिया (०)

सम्बन्धित खबर