Aamsanchar

दुई वर्षीया छोरीलाई घरमा नै छोडेर २० वर्षीया महिला एक महिनादेखि सम्पर्कविहीन

Author Image
सोमवार, भदौ ६, २०७९

पर्वत :  जलजला गाउँपालिका–५ देखफाँटकी २० वर्षीया एक महिला एक महिनादेखि बेपत्ता छिन्। गत साउन ६ गते दुई वर्षीया छोरीलाई घरमा नै छोडेर सम्पर्कविहीन रहेकी सुजता खड्का जिसी सम्पर्कमा नआएकी हुन्।

जलजला गाउँपालिका–८ नाग्लिवाङमा माइती घर भएकी जिसी घरमा कोही नभएको समयमा बालिकालाई घरमा नै छाडेर निस्किएको र हालसम्म पनि सम्पर्कमा नआएको परिवारले बताएको छ।

सुजताका आफन्त र इष्टमित्र समक्ष सम्पर्क र आन्तरिक खोजतलास गरे पनि उनको अवस्थाका बारेमा थाहा नभएपछि श्रीमान् मदन जिसीले गत साउन ११ गते प्रहरी चौकी लेखफाँटमा खोजतलासका लागि उजुरी दिएका थिए।

उजुरी लगत्तै प्रहरीले उनको खोजीका लागि जिल्लामा रहेका प्रहरी युनिटसहित जिल्ला बाहिर पनि हुलिया सहितको विवरण पठाएको भए पनि उनको अवस्थाको बारेमा कुनै पनि जानकारी प्राप्त नभएको जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक प्रकाश राउतले बताए।

उनले प्रयोग गर्दै आइरहेको मोबाइल फोन र सम्पर्कमा आएका व्यक्ति पहिचान गरी सोधखोज गर्दा पनि प्रहरीले उनको अवस्थाबारे पत्ता लगाउन सकेको छैन।

बेपत्ता महिलाको घर तथा माइती पक्षबाट समेत खोजी कार्य भइरहेको र खोजी कार्यका लागि सहयोग गरिदिन अन्य निकाय समक्ष समेत अनुरोध गरिएको माइती पक्षका स्थानीयवासी अनिता रेग्मीले बताइन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
2
+1
0
Views: 313

प्रतिक्रिया (०)

सम्बन्धित खबर