Aamsanchar

अमेरिकी डलर देखाएर श्रृंखलावद्ध रुपमा ठगी गर्ने दुई जना पक्राउ

Author Image
मङ्गलवार, भदौ ७, २०७९

काठमाडौं – प्रहरीले अमेरिकी डलर देखाएर श्रृंखलावद्ध रुपमा ठगी गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकका समिर भन्ने सञ्जय तामाङ र विष्णु तामाङ छन् ।

उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरका अनुसार उनीहरुले बौद्ध, टोखा, साँखु, कपन लगायतका क्षेत्रमा सस्तो दरम अमेरिकी डलर साट्ने प्रलोभनमा ठगी गर्ने गरेको अभियोगमा उनीहरुलाई पक्राउ गरिएको हो ।कार्यालयका एसपी कृष्ण कोइरालाका अनुसार उनीहरुको साथबाट ठगी गर्न प्रयोग भएको नेपाली ५, १० र २० दरका नोट र केही अमेरिकी डलर बरामद भएको छ । नेपाली र अमेरिकी डलर गरी उनीहरुको साथबाट १५ लाख रुपैयाँ बरामद भएको कोइरालाको भनाइ छ ।उनीहरुले पीडित व्यक्तिलाई पटकपटक फोनमार्फत सम्पर्क गरेर आफूहरुसँग अमेरिकी डलर रहेको र सस्तोमा साटिदिने प्रलोभन दिने गरेका थिए ।उनीहरुले १ र ५० डलर दरका अमेरिकी मुद्रा देखाएर विश्वासमा पारेर सटही गर्ने प्रलोभनमा उपत्यकाका साँघुरा गल्ली, पातलो मानववस्ती र जंगल आसपासका स्थानमा बोलाएर डलर भनेर रुमाल पोको पारेर ५, १० र २० दरका नेपाली नोटको बिटो दिने गरेर फरार हुने गरेको कोइरालाले बताए ।‘त्यस्ता व्यक्तिहरुमाथि निगरानी गर्ने क्रममा शंकित व्यक्तिको स्केच तयार गरेर अनुसन्धान थालिएको थियो’ कोइरालाले भने, ‘त्यसका आधारमा दुईजना पक्राउ परेका छन् ।’ थप एकजना पनि घटनामा संलग्नको स्केट तयार गरेर खोजी भइरहेको प्रहरीले जनाएको छ ।उनीहरु उपत्यका र बाहिर गरी यस्तै शैलीका ५ वटा घटनामा संलग्न रहेको खुलेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 346

प्रतिक्रिया (०)

सम्बन्धित खबर