Aamsanchar

बिर्तामोडमा ८० लाखको लगानीमा खुल्यो केल्मी ब्राण्डको आधिकारिक बिक्री केन्द्र 

Author Image
मङ्गलवार, भदौ ७, २०७९

बिर्तामोड । खेल सामग्री उत्पादक अन्तर्राष्ट्रिय ब्रान्ड केल्मीको आधिकारिक बिक्री केन्द्र झापाको बिर्तामोडमा सञ्चालनमा आएको छ । काली माँ ट्रेडिङ ले उक्त बिक्रीकेन्द्र सञ्चालनमा ल्याएको हो ।

आज बिर्तामोड स्थित भद्रपुर रोड करिव ३ सय मिटर दक्षिण पूर्वमा स्थापना भएको केल्मी ब्रान्ड सोरुमको प्रमुख जिल्ला अधिकारी छवि रिजालले उद्घाटन गरेका हुन ।
आफ्नो उत्पादनलाई गुणस्तरीय कायम राखेर अन्तर्राष्ट्रिय बजारमा छुट्टै पहिचान बनाउन सफल केल्मी ग्राण्डलाई बिर्तामोडमा आस्था शर्मा आचार्यले सञ्चालनमा ल्याएकी हुन् ।

स्पेनिस कम्पनी  केल्मी नेपाली राष्ट्रिय फुटबल टिमको आधिकारिक पोशाक कम्पनी समेत हो ।

झापामा केल्मी ब्रान्डमा विभिन्न उत्पादनहरू प्रयोग गर्ने प्रयोगकर्ताहरू बढ्दै गएको तर बिर्तामोडमा आधिकारिक बिक्रीकेन्द्र नहुदाँ काठमाडौं लगायतका ठूला सहर सम्म सामग्री खरिद गर्न उपभोक्ताहरूले पुग्नु पर्ने समस्यालाई सहज बनाउन बिर्तामोडमा ८० लाख रुपैयाँको लगानीमा सोरुम सञ्चालनमा ल्याएको सञ्चालक आचार्यले आमसंचारलाई बताइन ।
उनका अनुसार केल्मीको सबै प्रकारका उत्पादनहरू बिर्तामोडमा उपलब्ध हुने छ ।

विशेषगरी खेलाडीले प्रयोग गर्ने ट्रयाक, टिसर्ट, जुत्ता, क्याप, फुटबललगायतका २५ भन्दा धेरै प्रकारका उत्पादनहरू रहेका छन् ।

केल्मीको ब्राण्डलाई कतै कतै दुरुपयोग गरेर नक्कली टिसर्ट र फुलबल हरु बजारमा बिक्रीका लागि राखिएको खबर आउने गरेको छ । अब यो आधिकारिक बिक्री केन्द्र सञ्चालनमा आएपछि उपभोक्ताहरू ठगिनबाट जोगिने व्यवसायी जगत शर्माको भनाई रहेको छ ।

उद्घाटन कार्यक्रममा बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश सिवाकोटी, बरिष्ठ उपाध्यक्ष राजु न्यौपाने, पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, नेपाल खेलकुद विकास समिति झापाका अध्यक्ष प्रशान्त भण्डारी, सन्तोष आचार्य, आदिवासी जनजाति महासंघ झापाका वरिष्ठ उपाध्यक्ष पाण्डव चौधरी, चेम्बर अफ कमर्स प्रदेश १ का उपाध्यक्ष सन्तोष अग्रवाल, रोटरियन शुभ कुमाई पाठक, व्यवसायी दिपेश पाठकलगायतको उपस्थिति रहेको थियो ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
9
+1
3
+1
1
+1
0
+1
1
+1
2
+1
2
Views: 60

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनको मूल्य बढ्यो
बिहिवार, मंसिर ६, २०८१
आज सुनको मूल्य
बुधवार, मंसिर ५, २०८१