Aamsanchar

सरिता गिरीले छोडिन् सद्भावना पार्टी

Author Image
बुधवार, भदौ ८, २०७९

काठमाडौं – साउन ७ गते नेपाल सद्भावना पार्टीमा प्रवेश गरेकी सरिता गिरीले आज सो पार्टी छाडेकी छिन् । साउन ७ गते एक कार्यक्रमको बीच नेपाल सद्भावना पार्टीको सदस्यता लिएकी उनले आज फेसबुकमार्फत आफूले सो पार्टी छाडेको र आजदेखि स्वतन्त्र भएको बताएकी छिन् ।उनले भनेकी छिन्, ‘म दिवंगत माननीय प्रदीपजीको राजनीतिक र सामाजिक रूपान्तरणको एजेन्डालाई अगाडी बढाउनका लागि उहाँको अन्तिम इच्छा अनुसार आफू नेपाल सद्भावना पार्टीबाट स्वतन्त्र भएको घोषणा गर्दछु । नेपाल सद्भावना पार्टीलाई मेरो सदैव सद्भावना रहने छ । कठिन समयमा गरिएको यो अत्यन्त कठिन निर्णय हो ।’‘प्रदीप गिरिले देहान्तअघि उहाँले मलाई टाउकोमा हात राखी ‘तिमीलाई शुभकामना छ’ भनि आशीर्वाद दिनुभयो जसले मलाई सोच्न गम्भीर बनायो, रातोपाटीसँग कुरा गर्दै सरिताले भनिन्, म प्रदीपजीको उत्तराधिकारी त होइन तर उहाँले देख्नु भएको सपना, लिनुभएको उद्देश्य मैले पूरा गर्ने प्रयास गर्छु ।’

प्रदीप गिरि र आफ्नो परिवारको विशेष सम्बन्ध रहेको बताउँदै गिरीले प्रदीप गिरि आफ्नो पारिवारिक सदस्य मात्र होइन राजनीतिक गुरु समेत रहेको बताइन्। आफूले विशेष संरचना निर्माण गरेर नयाँ ढंगबाट अगाडी बढ्ने बताइन् । तर के संरचना बनाउने त्यसको बारेमा केही बताउन चाहिनन् ।

उनले आफू नेपाल सद्भावना पार्टीमा लागेपछि केही नयाँ गर्ने सोच भएपनि एक महिनामै त्यस्तो अवस्था आउने नदेखेको बताइन् । मधेशका धेरैजसो माग पूरा भइ सकेकाे र नागरिकताको समस्या पनि समाधान हुन लागेको हुनाले अब नयाँ ढंगबाट अगाडी बढ्ने सोचले आफूले नेपाल सद्भावना पार्टी छाडेको उनले बताइन् ।

Views: 108

प्रतिक्रिया (०)

सम्बन्धित खबर