Aamsanchar

विराटनगरमा दुई पक्षबीच झडप :१० जना घाइते, एककाे अवस्था गम्भीर

Author Image
बुधवार, भदौ ८, २०७९

विराटनगर – विराटनगर महानगरपालिका–१२ मल्हन्वा टोलमा मंगलबार साँझ दुई पक्षबीच झडप हुँदा १० जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ।

प्रहरीका अनुसार पुरानो रिसईबीलाई लिएर गोपाल राजवंशी र राजकुमार कामतको समूहबीच दोहोरो झडप भएको हो। घटनामा राजकुमार आफैँ घाइते भएका छन्। गम्भीर अवस्थाका उनको न्युरो अस्पतालमा उपचार भइरहेको छ। अन्य घाइतेको कोसी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

झडपमा परेर राजवंशीतर्फका अजय राजवंशी, सञ्जीव राजवंशी, मन्जित राजवंशी, गणेश राजवंशी र धनपथ राजवंशी घाइते भएका छन्। कामततर्फका राजकुमारसहित दिनेश कामत, राजु कामत, सञ्जय कामत र काली कामत घाइते भएको प्रहरीले जनाएको छ। झडपमा परेर राजवंशीतर्फका अजय राजवंशी, सञ्जीव राजवंशी, मन्जित राजवंशी, गणेश राजवंशी र धनपथ राजवंशी घाइते भएका छन्। कामततर्फका राजकुमारसहित दिनेश कामत, राजु कामत, सञ्जय कामत र काली कामत घाइते भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार स्थानीय जितनारायण राजवंशी र राजीव राजवंशी बजारबाट घरतर्फ फर्कदै गर्दा राजकुमार कामतको घरअगाडि पुगेपछि दुई पक्षबीच विवाद भएको थियो। घटना थाहा पाउनेबित्तिकै प्रहरी पुगेर दुवै पक्षलाई सम्झाईबुझाई गरेर पठायो। तर केहीबेरमा बाँस, भाटा र लाट्ठी लिएर भेला भएका दुई पक्षीबीच दोहोरो झडप भएको पाइएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए। घटनाअनुसार केहीदिनअघि दिनेश कामतले चलाएको मोटरसाइकलले एक बालकलाई ठक्कर दिएको थियो। त्यतिबेला दिनेशमाथि कुटपिट पनि भयो। दुर्घटनाका विषयमा प्रहरीमा मिलापत्र भएको थियो। त्यही घटनाको रिसईबीलाई लिएर विवाद झिकिएको र विवाद दोहोरो झडपमा परिणत भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। डीएसपी श्रेष्ठले झडपमा संलग्न केही व्यक्तिलाई नियन्त्रणमा लिएर घटनाका बारेमा अनुसन्धान सुरु गरिएको जानकारी दिए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
Views: 400

प्रतिक्रिया (०)

सम्बन्धित खबर