Aamsanchar

नेकपा एसले इलामबाट झलनाथ र सन्जिप राईलाई निर्वाचनमा उठाउने

Author Image
बिहिवार, भदौ ९, २०७९

काठमाडौं : नेकपा एकीकृत समाजवादी इलामले प्रतिनिधिसभाको लागि प्रत्यक्षतर्फ पूर्वप्रधानमन्त्री झलनाथ खनाल र युवा संघका उपमहासचिव सन्जिप राईको नाम सिफारिस गरेको छ।

एकीकृत समाजवादीको जिल्ला समिति इलामले जिल्लाका सबै निर्वाचन क्षेत्रको उम्मेदवारको नामावली सिफारिस गरेको हो। समिति बैठकले प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा नेता खनाल र क्षेत्र नम्बर दुईमा उपमहासचिव राईलाई प्रस्ताव गरेको हो।

यस्तै, प्रदेश सभा क्षेत्र नम्बर १ को क र ख का लागि जिल्ला अध्यक्ष भक्त केसी, खिनु लङुवा, जित बहादुर राई, वृहस्पति खतिवडा, सावित्रा गर्तौत्लाको नाम सिफारिस गरेको छ।

 क्षेत्र–२ (क र ख) का लागि हरि वाला, प्रमिला बस्नेत, सन्जिप राई , सोम सर्मा, हर्क साम्बा लगायतको नाम सिफारिस गरिएको जिल्ला सचिवालय सदस्य हेमराज लिम्बूले जानकारी दिए।

Views: 105

प्रतिक्रिया (०)

सम्बन्धित खबर