Aamsanchar

बिर्तामोडमा वृहत धामी–झाँक्री सम्मेलन हुने  

Author Image
शुक्रवार, भदौ १०, २०७९

बिर्तामोड । झापाको बिर्तामोडमा पहिलो पटक धामी–झाँक्री सम्मेलन हुने भएको छ ।

नेपाल राष्ट्रिय धामी वैद्य संघको आयोजनामा यही भदौ १८ गते शनिबार बिर्तामोड स्थित अतिथि सदनमा सम्मेलन हुने आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी दिइएको छ ।

धामी–झाँक्री एउटा लोक संस्कृति, मौलिक सम्पदा, नेपालको अमूर्त सांस्कृतिक विधा भएकोले यसको संरक्षण, प्रवर्द्धन र यस विधामा पछिल्लो समयमा देखिएको विकृति विसंगती लाई हटाउन र परम्परागत उपचार पद्धतिलाई अझ प्रभावकारी बनाउने लगायतका विषयमा अन्तरक्रिया पनि हुने भएको छ । सोही दिन  धामी–झाँक्री वैद्य ओखतीमुलोको बारेका तयार पारिएको पुस्तक पनि लोकार्पण गरिने आयोजकले जनाएको छ ।

नेपाल प्रज्ञा –प्रतिष्ठानका उपकुलपति वरिष्ठ संस्कृतिविद् डा। जगमान गुरुङको प्रमुख आतिथ्यतामा हुने सम्मेलनमा विभिन्न जिल्लाका करिव १ सय ५० जना धामी–झाँक्रीहरुले झाँकी प्रर्दशन गर्ने पनि कार्यक्रम रहेको छ । जसमा ४० भन्दा धेरै महिला धामी–झाँक्रीहरुको सहभागिता रहने आयोजक संस्थाका अध्यक्ष सिताराम पुरीले जानकारी दिए ।

नेपाल राष्ट्रिय धामी–वैद्य संघका संरक्षक तथा वरिष्ठ सल्लाहकार, धामी–झाँक्रीविद्, पुस्तकका परिकल्पनाकार, निर्देशक ÷प्रकाशक भोलानाथ बास्तोलाको उक्त पुस्तक लो कार्पण गरिने भएको हो ।
उक्त दिन बिहान ७ बजे कनकाई नदीमा सामूहिक स्नान गरेर सुरु गरिने कार्यक्रम अन्तरगत बिहान ९ बजे सम्मेलन उद्घाटन र झाँकी प्रर्दशन, ११ बजे धामी–झाँक्री सम्बन्धी कार्यपत्र प्रस्तुत, बेलुका ४ बजे दोख–दोखालो र ग्रह दशा मन्साउने विधि रहेको संस्थाका सचिव रोशन भेटवालले जानकारी दिए ।

पत्रकार भेटघाट कार्यक्रममा उपाध्यक्ष चित्रकला बास्तोला, उपाध्यक्ष खडानन्द अधिकारी, भोला बास्तोला, प्रदिप पुरी, सृजलाल चौधरीलगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 134

प्रतिक्रिया (०)

सम्बन्धित खबर