Aamsanchar

चैतुबारीमा मौलिक तिज मिलन कार्यक्रम 

Author Image
शुक्रवार, भदौ १०, २०७९


बिर्तामोड । नेपाली नारीहरूको विशेष चार्ड हरितालिका तिज नजिकिए सँगै केही दिन देखि सहर देखि गाउँ सम्म संस्थागत तथा समूहगत तिज मनाउने नयाँ चलनले यस वर्ष पनि निरन्तरता पाएको छ । देशैभरी विभिन्न शैली र तरिकाबाट तिज मिलन कार्यक्रम मनाइएको समाचारहरू आइरहेको छ । कतिपय ठाउँमा तिजको महत्वलाई विस्रेर पाश्चात्य शैलीमा जित मनाइएको भनेर महिलाहरु बाटै आलोचना  भइरहेको छ । कतिपय ठाउँमा तिजको मौलिकतालाई बचाउने गरी नाचगान, दरखाने कार्यक्रमहरूको आयोजना भएको भन्दै प्रशंसा पनि भइरहेको छ ।

त्यस्तै तिजको अवसरमा झापाका विभिन्न स्थानमा तिजका गीतहरू गुन्जिई रहेका छन् । सहरका गल्ली गल्लीमा गुन्जयमान भएको तिजका गीतहरूले सबैलाई उमंगित बनाई रहेको बेला शुक्रबार (आज) बिर्तामोड–२ चैतुबारीमा पनि तिज गीत सँगै नाच गान गरेर महिला दिदीबहिनीहरूले तिज मिलन कार्यक्रम गरिरहेका छन् ।

ग्रामीण सरोकार समूहले आयोजना गरेको तिज मिलन कार्यक्रममा बालकदेखि वृद्धासमेतले नाचेर मनोरञ्जन लिइरहेका छन् ।

सामूहिक दर खाने देखि स्थानीय ज्येष्ठ महिलालाई सम्मान पनि गर्ने कार्यक्रम रहेको आयोजक संस्था ग्रामिण सरोकार समूहकी अध्यक्ष तुलसा खरेलले बताइन

विगतका वर्षमा पनि यसैगरी सामूहिक कार्यक्रम गर्दै आएकोमा यस वर्ष पनि स्थानीय महिलाहरूलाई एकै ठाउँमा भेला गराएर तिज मनाउन पाएकोमा धेरै खुसी लागेको अध्यक्ष खरेलको भनाई छ ।

कार्यक्रममा सामाजिक अभियन्ता माधव खरेल, पञ्चरत्न माविका प्रधानाध्यापक तथा शिक्षकहरूको पनि सहभागिता रहेको थियो । 

यसरी नाचेका थिए दिदीबहिनीहरु

https://youtu.be/ZkLMdAfqBYc

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
3
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 558

प्रतिक्रिया (०)