Aamsanchar

राजवंशी समाज विकास समिति झापाको अध्यक्षमा पुकारचन्द्र

Author Image
शनिवार, भदौ ११, २०७९

बिर्तामोड । राजवंशी समाज विकास झापा जिल्ला समिति  को अध्यक्षमा पुकारचन्द्र राजवंशी चयन भएका छन् ।

आज बसेको राजवंशी समाज केन्द्रिय समितिको निर्णय बाट झापा जिल्ला अध्यक्षमा पुकारचन्द्र राजवंशी चयन चयन भएका हुन् ।  त्यसैगरी मोरङ जिल्ला समितिको अध्यक्षमा मनोज राजवंशी चयन भएका छन् ।

यस अघि केन्द्रिय समितिले दुबैजनालाई निलल्बन गरेको थियो । तर उक्त निलम्बन व्यक्तिगत कुण्ठाका कारणले गरिएको समाजको ठहर रहेपछि उनिहरुलाई निलम्बन फुकुवा गरेर जिल्ला अध्यक्षको जिम्मेवारी दिइएको केन्द्रिय अध्यक्ष अभय राजवंशीले बताए ।

२०७५ सालमा निवर्तमान अध्यक्ष भिमराज चौधरी राजवंशीले मनोमानी ढंगले उनिहरुलाई निलम्बन गरेका थिए ।  त्यस पस्चात राजवंशी समाजमा विभाजन देखा परेको र राजवंशी समाजलाई एकढिक्का बनाएर लानु पर्ने केन्द्रिय समितिको दाहित्व रहने हुदा आज बसेको केन्द्रिय समितिको बैठकबाट  अध्यक्षमा पदमा पुनः वहाली गरेको बैठकको निर्णयमा उल्लेख छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
8
+1
2
+1
1
+1
0
+1
0
+1
1
+1
0
Views: 28

प्रतिक्रिया (०)