Aamsanchar

टाउकोमा चिर्पट दाउराले हानेर १४ वर्षीय छोराले गरे ४५ वर्षीय बुबाको हत्या

Author Image
आइतवार, भदौ १२, २०७९

बुटवल – पाल्पामा छोराले बुवाको हत्या गरेका छन् । पाल्पाको माथागढी गाउँपालिका-४ नेटाका १४ वर्षीय छोराले ४५ वर्षीय तिलबहादुर दिसाको हत्या गरेका हुन् ।

पारिवारिक झगडा भएपछि शनिबार राति ८ बजे छोराले तिलबहादुरको टाउकोमा चिर्पट दाउराले हानेका थिए । तिलबहादुरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी डीएसपी वीरेन्द्र थापाले जानकारी दिए ।घटनाबारे स्थानीयले आइतबार बिहान खबर गरेपछि प्रहरीको टोली घटनास्थल पुगेको थियो ।प्रहरी टोलीले तिलबहादुरका छोरालाई नियन्त्रणमा लिएको छ । शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल पठाएको प्रवक्ता थापाले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
Views: 73

प्रतिक्रिया (०)

सम्बन्धित खबर