

झापा – अर्जुन्धारा नगरपालिकाबाट नदिजन्य पदार्थ उत्खनन गर्ने ३ वटा ट्र्याक्टर नियन्त्रणमा लिइएकाे छ । आज साँझ ५ बजेको समयमा वडा नं. ७ स्थित फुलवती खाेलाबाट मे. १ त. ५९०६ र मे. १ त ५२९२ नं. को २ ओटा ट्र्याक्टर साथै अर्जुन्धारा नगरपालिका वडा नं. १ स्थित नेते खोलाबाट मे.१ त ४८४० नं. को गरी ३ वटा ट्र्याकटर नियन्त्रणमा लिईएकाे हाे ।अबैध रुपमा ढुङ्गा उत्खनन् गर्दै गरेको अवस्थामा प्रहरी चौकी शनिश्चरेबाट खटिएको प्रहरी टोलीले फेला पारी नियन्त्रणमा लिईएकाे र आवश्यक कार्वाहीको लागी अर्जुनधारा नगरपालिकामा बुझाउने तयारी भइरहेको प्रहरी कार्यालय झापाका सुचना अधिकारी बसन्त पाठकले जानकारी दिए ।

Views: 338


