Aamsanchar

कमेडियन अपूर्व क्षितिज सिंहलाई १० दिन थुनामा राख्न अनुमति

Author Image
सोमवार, भदौ १३, २०७९

काठमाडौं – जिल्ला प्रशासन कार्यालय काठमाडौंले कमेडियन अपूर्व क्षितिज सिंहलाई १० दिन थुनामा राख्न अनुमति दिएको छ। नेवारी कला, संस्कृति र लवजमाथि व्यंग्य गरेको आरोपमा थुनामा परेका सिंहलाई थप १० दिन हिरासतमा राख्न अनुमति दिइएको हो।

आफ्नो पछिल्लो प्रस्तुतिमा निश्चित जातीय समूहको कला, संस्कृति र लवजलाई लिएर अपमानजनक रुपमा व्यंग्य गरेको भन्दै अभियन्ताहरूले सिंहविरुद्ध जाहेरी दिएका थिए। जाहेरी परेपछि आइतबार जिल्ला प्रहरी परिसर काठमाडौं पुगेका सिंहलाई पक्राउ गरिएको थियो। शुक्रबार जाहेरी परेपछि उक्त भिडियो सामग्री युट्युबबाट हटाएर सामाजिक सञ्जालमार्फत उनले माफी पनि मागेका थिए।

मुलुकी अपराध संहिता २०७४ को दफा १६५ मा उल्लेख भएको सामाजिक रीतिथितिमा खलल पार्न नहुने कसुरमा प्रहरीले अनुसन्धान शुरु गरेको छ। उक्त कसुरमा १ वर्षसम्म कैद वा १० हजार रूपैयाँ जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
1
+1
0
Views: 335

प्रतिक्रिया (०)

सम्बन्धित खबर