

काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वकप्तान तथा गोलकिपर किरण चेमजोङ विवाह बन्धनमा बाँधिदै छन्। उनले प्रेमिका कञ्चन निरौलासँग विवाह गर्न लागेका हुन्। सिल्भर ओक पार्टी प्यालेस बालुवाटारमा उनीहरूको विवाह समारोह चलिरहेको छ। इमाडोलस्थित घरबाट जन्तीसहित किरण अहिले बालुवाटर पुगेका छन्।

किरणले कञ्चनसँग गत साउनमा माल्दिभ्समा विवाहको प्रस्ताव गर्दै इंगेजमेन्ट गरेका थिए।
Views: 407

