Aamsanchar

हास्य कलाकार नारद खतिवडालाई मातृशोक

Author Image
बिहिवार, भदौ १६, २०७९

काठमाडौं – हास्य कलाकार नारद खतिवडालाई मातृशोक परेको छ । उनकी आमा सावित्रीदेवी खतिवडाको बिहीबार उपचारको क्रममा निधन भएको हो । ७४ वर्षीया सावित्री देवीको पछिल्लो समय वीर अस्पतालमा उपचार भइरहेको थियो । सावित्री विगत ४ वर्षदेखि पक्षघात, प्रेसर लगायत बिभिन्न रोगसँग लड्दै आएकी थिइन् ।कलाकार खतिवडाले आमाको निधनको दुखद खबर सामाजिक सञ्जाल मार्फत समेत शेयर गरेका छन् । उनले लेखेका छन्, ‘ लगातार ४ वर्षदेखि अथक प्रयत्नका बाबजुद पक्षघात ग्रस्त मेरी ७४ बर्षिय आमा सावित्रीदेवी खतिवडाको आज मध्यान्नबाट सजीव रहनु भएन ।’

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
Views: 409

प्रतिक्रिया (०)

सम्बन्धित खबर