Aamsanchar

झापा आएर ओलीले भने : गठबन्धनको पोल खोलिने डरले प्रधानन्यायाधीशको बयान रोकिन सक्छ

Author Image
बिहिवार, भदौ १६, २०७९

झापा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारूढ गठबन्धनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको बयान महाअभियोग सिफारिस समितिमै रोक्नसक्ने आशंका व्यक्त गरेका छन्।

गृहजिल्ला झापा आएका एमाले अध्यक्ष ओलीले भद्रपुरस्थित चन्द्रगढी विमानस्थलमा बिहीबार दिउँसो पत्रकारहरूसँग गरेको संक्षिप्त कुराकानीमा यस्तो आशंका व्यक्त गरेका हुन्।

‘प्रधानन्यायाधीश जबराको बयान सिद्धिएको छैन। गठबन्धनले प्रधानन्यायाधीशलाई बयानका लागि रोक्न पनि सक्छन्, किनभने उहाँ गठबन्धनविरुद्ध बयान दिँदै हुनुहुन्छ, पोल खोलिने डर सबैमा छ,’ उनले भने।

यता महाभियोग लागेका निलम्बित प्रधानन्यायाधीश जबराको बयान बिहीबार दुईवटा प्रश्न सोधेर रोकिएको छ। महाभियोग समितिको बैठकले आइतबार पुनः बयानका लागि उनलाई बोलाएको छ।

आगामी चुनावमा एमालेसँग राप्रपाको तालमेल हुने प्रशंसामा बोल्दै ओलीले भने, ‘राप्रपासँग चुनावी तालमेल हुनसक्छ, एकता हुँदैन।’

गृह जिल्ला आएका ओली शुक्रबार दिनभर आफ्नो निर्वाचन क्षेत्रको विभिन्न कार्यक्रममा व्यस्त रहने जनाइएको छ। ओली शनिबार काठमाडौं फर्किने कार्यक्रम छ।

Views: 284

प्रतिक्रिया (०)

सम्बन्धित खबर