Aamsanchar

बढ्याे डिजेल र मट्टितेलको मूल्य

Author Image
शुक्रवार, भदौ १७, २०७९

काठमाडौं : नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य बढाएकाे छ। डिजेल र मट्टितेलमा प्रतिलिटर ६ रुपैयाँले मूल्यवृद्धि गरेको हो। यो मूल्य बिहीबार रातिदेखि लागू भएकाे छ।

यससँगै डिजेल र मट्टितेलको मूल्य १७८ पुगेको छ। यसअघि १७२ रुपैयाँ कायम थियो। निगमले पेट्रोल र ग्यासको मूल्य भने यथावत राखेको छ।

आजमात्रै भारतीय आयल कर्पोरेशनले पेट्रोलिय पदार्थको नयाँ मूल्य सूची पठाएको थियो।

निगमले मूल्य समायोजनपश्चात पनि १५ दिनमा करिब २० करोड ५२ लाख घाटा रहेको जनाएको छ।

 

Views: 388

प्रतिक्रिया (०)

सम्बन्धित खबर