Aamsanchar

बन्दुक ‘जाम’ भएपछि हत्या प्रयासबाट जोगिइन् अर्जेन्टिनाकी उपराष्ट्रपति

Author Image
शुक्रवार, भदौ १७, २०७९

काठमाडौं – अर्जेन्टिनाकी उपराष्ट्रपति हत्याको प्रयासबाट बालबाल बचेकी छन् । आक्रमणकारीले उनलाई लक्षित गरेर बन्दुक तेर्साएपनि उक्त बन्दुक ‘जाम’ भएकोले उनी बच्न सफल भएकी हुन् ।क्रिस्टिना फर्नान्डेज डे क्रिच्नरले आफ्नो घरबाहिर समर्थकहरूलाई भेटघाट गर्ने क्रममा एक व्यक्तिले उनको अनुहारमा बन्दुक तेर्साएका थिए । राष्ट्रपति अल्बर्टो फर्नान्डेजका अनुसार उक्त बन्दुकमा पाँचवटा गोली लोड गरिएको भए पनि त्यो पड्किन पाएन ।हाल भ्रष्टाचारको मुद्दा खेपिरहेकी क्रिच्नर अदालतबाट फर्किएकी थिइन् । उनले आफूमाथि लागेको आरोपको खण्डन गर्दै आइरहेकी छन् ।

Views: 119

प्रतिक्रिया (०)

सम्बन्धित खबर