Aamsanchar

उपकुलपतिको उपस्थितमा बिर्तामोडमा धामी झाँक्री सम्मेलन सम्पन्न

Author Image
शनिवार, भदौ १८, २०७९

बिर्तामोड । झापाको बिर्तामोडमा शनिबार धामी झाक्रीहरुले राम्रै संग ढोल ढ्ङग्रा बजाएर परंपरागत बैधिक विधाको महत्वको बारेमा सबैलाई जानकारी दिने कोशिस गरेका छन् ।

धामी झाक्री संघले धामी झाक्री संस्कृति तथा परम्परा झल्काउँदै सम्मेलन गरेको हो । झापाको धार्मिक स्थल कनकाई माई नदीबाट आ–आफ्नो धर्मसंस्कृति परम्परा, भेषभुषा, ढोल ड्याङ्ग्रा झाँकीसहितको धामी तथा झाक्रीहरुले बिर्तामोडस्थित अतिथि सदनमा सम्मेलन गरेका हुन् ।

सम्मेलनकै अवसर पारेर नेपाली धामी–झाँक्री संस्कृति तथा परम्परागत उपचार पद्धति पुस्तकको समेत बिमोचन गरिएको थियो । पुस्तकको बिमोचन नेपाल प्रज्ञा प्रतिष्ठान उपकुलपति बरिष्ठ संस्कृतविद तथा कार्यक्रमका प्रमुख अतिथि डा। जगमान गुरुङले गरेका हुन् ।

नेपाल राष्ट्रिय धामी वैद्य संघका अध्यक्ष सीताराम पुरीको अध्यक्षतामा भएको कार्यक्रममा पुस्तकको पृष्ठभूमिका बिषयमा नेपाली धामी झाँक्री संस्कृति तथा परम्परा उपचार पद्धतिका अनुसन्धानदाता तथा परियोजनाकार धामीझाँक्री संस्कृतबिद भोलानाथ बास्तोलाले प्रकाश पारेका थिए ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका संस्कृति बिद डा। भक्त राई, संस्थाका संरक्षक तथा जलकन्या शक्तिपिठका पीठाधीश प्रदीप पुरी, आदिबासी जनजाती महासंघ झापा अध्यक्ष पाण्डपलाल चौधरी, नेपाल संस्कृत विश्वबिद्यालय तन्त्रबिद माधवप्रसाद लामिछानेलगायतको उपस्थिति रहेको नेपाल राष्ट्रिय धामी वैद्य संघका सचिव रोशन भेटवालले जानकारी दिए ।

कार्यक्रममा दोखालो र ग्रह दशा मन्साउने विधि गरिएको कार्यक्रममा ११ बढी जातीका धामी तथा झाँक्रीहरुसहित एकसय ५० बढी धामी झाँक्री तथा माताहरुको उपस्थिति साथै प्रस्तुती रहेको थियो ।

धामी–झाँक्री एउटा लोक संस्कृति, मौलिक सम्पदा, नेपालको अमूर्त सांस्कृतिक विधा भएकोले यसको संरक्षण, प्रवर्द्धन र यस विधामा पछिल्लो समयमा देखिएको विकृति विसंगतिलाई हटाउन र परम्परागत उपचार पद्धतिलाई अझ प्रभावकारी बनाउने उदेश्यका साथ सम्मेलन आयोजना गरिएको संघका केन्द्रिय अध्यक्ष पुरीले जानकारी दिए ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 130

प्रतिक्रिया (०)