Aamsanchar

विराटनगरमा १८ वर्षीया युवती आफ्नै जन्मदिनमा बलात्कारको सिकार

Author Image
आइतवार, भदौ १९, २०७९

विराटनगर – विराटनगर महानगरपालिका–१४ की १८ वर्षीया युवती आफ्नो जन्मदिन मनाएर रातको समयमा घरतर्फ फर्कंदै थिइन्। जन्मदिनको अवसरमा विराटनगरकै एउटा होटलमा कार्यक्रम आयोजना गरिएको थियो। जन्मोत्सव मनाउँदा रात परेपछि साथीले घर छाडिदिने भए। घर जान साथीको मोटरसाइकलमा चढिन्। तर, उनी सकुशल घर पुग्न पाइनन्। आफ्नै जन्मदिनमा सामूहिक बलात्कारको सिकार बनिन्। उनी चढेको मोटरसाइकललाई एउटा समूहले विराटनगर–१४ जतुवाको महतो टोलस्थित नहरमा रोक्यो।घटना गत बिहीबार रातिको हो। मोटरसाइकल रोकेर चालक युवा र ती युवतीलाई नियन्त्रणमा लिइयो। ५ जनाको समूहले नियन्त्रणमा लिएर उनीहरूमाथि कुटपिट गर्न थाल्यो। मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार घटना राति ९ः४५ बजेतिरको हो। मादक पदार्थ सेवन गरेर आइपुगेको ५ जनाको समूहले दुवै जनालाई नियन्त्रणमा लिएको उनले बताए।उनीहरूमाथि लाट्ठी, भाटा र मुक्का प्रहार गरिएको प्रहरीले जनाएको छ। उक्त समूहको नियन्त्रणबाट युवा फुत्किएर भाग्न सफल भए। तर, त्यही समूहले युवतीलाई भने आफ्नो कब्जामा लिएर सामूहिक बलात्कार गरेको डीएसपी श्रेष्ले बताए। उनका अनुसार फुत्किएर भागेका युवाले गाउँमा गएर होहल्ला गर्न थालेपछि स्थानीय भेला भए। स्थानीय भेला हुन थालेपछि युवतीलाई छाडेर बलात्कारमा संलग्नहरू फरार बनेका थिए।प्रहरीका अनुसार कुटपिटबाट मोटरसाइकल चालक युवाको टाउको, अनुहार, कुहिनालगायत शरीरका विभिन्न भागमा चोट लागेको छ। युवतीको पनि शरीरका केही भागमा चोट रहेको प्रहरीले जनाएको छ। दुवै जनाको विराटनगरस्थित कोसी अस्पतालमा उपचार गरिएको छ। घटनामा संलग्न रहेकामध्ये एक जनालाई पक्राउ गरिएको डीएसपी श्रेष्ठले बताए। उनका अनुसार विराटनगर–१४ का २९ वर्षीय सन्तोष मण्डललाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको छ। बलात्कारमा संलग्न अन्य युवाहरू फरार रहेको र खोजी तीव्र पारिएको जानकारी श्रेष्ठले दिए।त्यस्तै मोरङको जहदा गाउँपालिका–७ मा पनि एक महिलामाथि सामूहिक बलात्कार भएको छ। घरमा सुतिरहेकी अन्दाजी ३५ वर्षीया महिलालाई चिनजानकै दुई युवाले काम छ भन्दै बोलाएर खेतमा पुर्याएपछि सामूहिक बलात्कार गरेको डीएसपी श्रेष्ठले बताए। ‘दुई युवा पुगेर घरमा सुतिरहेकी महिलालाई काम छ भन्दै राति अन्दाजी १० बजेतिर बोलाएछन्। चिनजानकैले बोलाएपछि महिला पनि गइछन्। तर, केही परको खेतमा लगेर सामूहिक बलात्कार गरेको पाइयो,’ उनले भने, ‘मुख थुनेर पालैपालो बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घरमा फर्किएर महिलाले आफ्ना पतिलाई सुनाएपछि घटना सार्वजनिक भएको हो। घटना सार्वजनिक हुनेबित्तिकै बलात्कारमा संलग्न जहदा–७ का अन्दाजी २४ वर्षीय डोमा भनिने राहुल साह र २८ वर्षीय सञ्जय सोरेनलाई पक्राउ गरिएको डीएसपी श्रेष्ठले बताए। उनका अनुसार भारततिर भाग्न खोज्दै गर्दा दुवै जनालाई पक्राउ गर्न प्रहरी सफल भएको हो। पीडितले दिएको किटानी जाहेरीका आधारमा साह र सोरेनविरुद्ध जबरजस्ती करणी मुद्दा चलाउने तयारी प्रहरीले गरेको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
Views: 408

प्रतिक्रिया (०)