

शनिश्चरे । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री केशवकुमार बुढाथोकीले आगमी निर्वाचन काङ्ग्रेसका लागि जीवन मरणको सवाल रहेको बताउँदै एमाले र केपी ओलीको सर्वसत्तावादबाट देश र संविधान जोगाउन पार्टी केन्द्रले गठबन्धन गर्नुपरेको स्पष्ट पार्नुभएको छ ।

‘जनतासँग कांग्रेस’ अभियान अन्तर्गत वडा एवं टोलसम्म चुनावी अभियान सञ्चालन गर्ने क्रममा नेपाली कांग्रेस अर्जुनधारा–८ नं वडा समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता बुढाथोकीले यस्तो धारणा राख्नुभएको हो ।


नेपाली कांग्रेस केन्द्रीय सदस्य सरिता प्रसाईले उम्मेद्वारको मुख होइन काङ्ग्रेसको चुनाव चिन्ह रुख हेरौ भन्दै जसले टिकट पाएपनी जिताउन कांग्रेस एवं गठबन्धनका कार्यकर्तालाई आह्वान गर्नुभयो ।
गोपीचन्द्र गौतमको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाई, जिल्ला सदस्य सरस्वती सिटौला, क्षेत्रीय सभापति खगेन्द्र मैनाली, नगर सभापति हेमराज खरेललगायतले मन्तब्य राख्दै गठबन्धन मुलुकका लागि अपरिहार्य आवश्यकता रहेको भनाई राख्नु भयो ।
वडाका उपसभापति नरेन्द्र खरेलले स्वागत गर्नुभएको कार्यक्रमको संचालन सचिव यामराज अधिकारीले गर्नुभएको थियो । कार्यक्रममा उपस्थित भएका कार्यकर्ताले पार्टी भित्रको गुटबन्दी, नेतृत्वको अदुरदर्शीपनप्रति गुनासो पोख्दै आन्तरिक एकताको खाचो रहेको सुझाव प्रस्तुत गरेका थिए ।

