Aamsanchar

अन्तिम खेलमा ६ विकेटले पराजित गर्दै नेपालद्वारा केन्यामाथि सानदार क्लिनस्विप

Author Image
सोमवार, भदौ २०, २०७९

काठमाडौं –नेपालले केन्यासँगको तीन एकदिवसिय  खेलमा सानदार क्लिनस्विप गरेको छ । अन्तिम तथा तेस्रो खेलमा नेपालले केन्यामाथि ६ विकेटको उत्कृष्ट जित हात पार्दै सिरिजमा क्लिनस्विप गरेको हो ।

जितको लागि २ सय ५६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ४७.१ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको जितमा कप्तान रोहित पौडेल ४६ बलमा ४ चौकासहित ४६ रनमा अविजित रहे । बसिर अहमद ४९ बलमा ७ चौकासहित ५२ रनमा अविजित रहे ।

पाँचौं विकेटका लागि बसिर अहमद र रोहित पौडेलले ९५ रनको अविजित साझेदारी गर्दै जित पक्का गराए । नेपालका अर्जुन साउद ९० बलमा ३ चौका र २ छक्कासहित ५८ रनमा आउट भए । ज्ञानेन्द्र मल्ल ५१ बलमा १ चौकासहित ३३ रनमा आउट भए । दोस्रो विकेटका लागि ज्ञानेन्द्र र अर्जुनले ८१ रनको साझेदारी गरेका थिए । देव खनाल १ रनमा आउट भए ।

ओपनर आसिफ शेख ४३ बलमा ९ चौका र २ छक्कासहित ५६ रन जोड्दै नेपाललाई उत्कृष्ट सुरुवात दिलाएका थिए । केन्याका विरज पटेलले १० ओभरमा ४७ रन खर्चेर २ विकेट लिए ।

त्यसअघि जिमखाना क्लब मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको केन्याले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ५५ रन बनाएको थियो ।

केन्याका तेस्रो नम्बरका ब्याटर कोलिन्स ओबुयाले १ सय ११ बलमा ७ चौका र २ छक्कासहित सर्वाधिक ८४ रन बनाए । स्पिनर साहब आलमले बोल्ड गरेपछि उनी शतक बनाउन चुकेका थिए । तल्लोक्रमका लुकास ओलुओचले विष्फोटक ब्याटिङ गरेपछि केन्याले नेपाललाई चुनौतीपूर्ण लक्ष्य दिएको थियो  ।

लुकासले २७ बलमा ५ चौका र ५ छक्कासहित आक्रामक ५७ रनको अविजित इनिङ खेलेका थिए । अन्तिम ओभरमा स्पिनर बसिर अहमदलाई लुकासले २० रन प्रहार गरेका थिए ।

ओपनर नेल्सन ४ रनमा रन आउट भए । दीपेन्द्रसिंह ऐरीले चौथो ओभरको तेस्रो बलमा मिडअनबाट रन आउट गराएका थिए । सुखदीप सिंह र कोलिन्सले दोस्रो विकेटका लागि ५६ रनको साझेदारी गरेका थिए । सुखदीप ६७ बलमा ४ चौकासहित ३७ रनमा सोमपाल कामीबाट क्याच आउट भए ।

प्रमुख ब्याटर राकिप पटेल ७ र सचिन भुडिया ८ रनमा आउट भए । तल्लोक्रमका इमानुलएल बुन्डी ३१ बलमा २ चौकासहित २३ रनमा आउट भए । कप्तान शेम न्गोचे २० बलमा १ चौका र १ छक्कासहित १७ रनमा आदिल अन्सारीको बलमा बोल्ड भए ।

नेपालका सोमपाल कामीले १० ओभरमा १ मेडनसहित ३६ रन खर्चेर २ विकेट लिए । आदिल अन्सारीले १० ओभरमा १ मेडनसहित ५६ रन खर्चेर २ विकेट लिए । साहब आलमले १० ओभरमा ५६ रन खर्चेर १ विकेट लिए । बसिर अहमदले ९ ओभरमा ४७ रन खर्चेर १ विकेट लिए ।

नेपालले तीन एकदिवसिय अभ्यास खेलको सिरिज एक खेल अगावै जितेको छ । नेपालले पहिलो खेल ७ विकेट र दोस्रो खेल १७ रनले विजयी भएको थियो । पाँच टि२० आई सिरिज नेपालले ३-२ ले जितेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 61

प्रतिक्रिया (०)

सम्बन्धित खबर