Aamsanchar

काबुलको रुसी दूतावासबाहिर आत्मघाती बम विस्फोट, दुई जना कर्मचारीसहित ३ जनाकाे मृत्यु

Author Image
मङ्गलवार, भदौ २१, २०७९

अफगानिस्तानको राजधानी काबुलको रुसी दूतावासबाहिर आत्मघाती बम विस्फोट हुँदा तीन जनाको ज्यान  गएको छ । १० जना घाइते भएका छन् ।

आत्मघाती बम विस्फोट हुँदा दुई जना दूतावासका कर्मचारी र अर्का एक जना नागरिकको ज्यान गएको रुसी सरकारी समाचार संस्थाले जनाएको छ ।

आक्रमणकारी आफैँले विस्फाेट गराएको हो वा सुरक्षाकर्मीले गोली चलाउँदा विस्फोट भएको हो भन्नेबारे खुलेको छैन । रूसी नोभोस्ती समाचार संस्था, आरआईएका अनुसार एक रुसी कुटनीतिज्ञ भिसाका लागि दूतावासबाहिर पर्खिरहेका बेला मानिसहरूसामु निस्केपछि विस्फोट भएको थियो ।

तालिबानले सत्ता कब्जा गरेको एक वर्षयता भएको यो पछिल्लो विस्फोटको जिम्मेवारी अहिलेसम्म कसैले लिएको छैन ।

Views: 281

प्रतिक्रिया (०)

सम्बन्धित खबर