Aamsanchar

कतारद्वारा विश्वकपको मदिरा नीति पारित

Author Image
मङ्गलवार, भदौ २१, २०७९

काठमाडौं – कतारमा हुने फिफा विश्वकप आयोजकले प्रतियोगिताका लागि बनाइएको मदिरा नीतिलाई पारित गरेको छ । मुश्लिम समूदायको बाहुल्यता रहेको कतारमा अब समर्थकले रंगशाला र ‘फ्यान जोन’मा बियर पिउन पाउने भएका छन् ।

समर्थकले आठ रंगशाला परिसरमा ‘बडवाइजर बियर’ लिन पाउने फिफाले शनिबार जनाएको छ । तर, खेल अवधिभर भने अल्कोहल निषेध गरिएको छ । खेलअघि र पछि तथा दोहा पार्कमा रहेको आधिकारिक फ्यान जोनमा साँझमात्र समर्थकले मदिरापान गर्न पाउनेछन् ।

मध्यपूर्वमा पहिलो पटक फिफा विश्वकपमा आयोजना हुन लागेको हो । र, पहिलो खेल सुरु हुनु ११ साताअघि कतारले विश्वकपमा मदिरा नीतिलाई पारित गरेको छ ।

बडवाइजर १९८६ देखि विश्वकपको विशेष बियर ब्रान्ड हो । बडवाइजरको प्यारेन्ट कम्पनी एबी इनवेभले २०११ मा नै फिफासँग २०२२ सम्मका लागि सम्झौता गरिसकेको थियो । त्यतिबेला कतारले विश्वकप आयोजना गर्ने पक्का भइसकेको थियो ।

“टिकट हुनेहरूले रंगशालाभित्र नन–अल्कोहल बडवाइजर जिरो लिएर जान पाउनेछन्,” फुटबलको सर्वोच्च निकाय फिफाले भनेको छ, “फिफा फ्यान जोनमा ६ः३० बजेदेखि अल्कोहलसहितको बडवाइजर लिन पाउनेछन् ।”

मध्य एसियाका अन्य केही राष्ट्रभन्दा कतारमा अल्कोहल बेच्न केही खुकुलो छ । केही लाइसेन्सप्राप्त होटल, रेष्टुरेन्ट र बारमा मात्र अल्कोहल लिन पाइन्छ । अन्य ठाउँमा किनबेच गैरकानुनी मानिन्छ । त्यसकारण २९ दिनसम्म चल्ने प्रतियोगितामा कतारले कस्तो नीति अपनाउँछ भन्ने चासो थियो ।

विश्वकप अवधिभर ३१ देशका १० लाखभन्दा बढी समर्थकलाई खेल माहोलले आकर्षित गर्ने अनुमान गरिएको छ ।

कतारले २०१९ को क्लब विश्वकपका दौरान पनि अल्कोहल नीतिको परीक्षण गरेको थियो । विश्वकपका कारण आफ्नो मदिरा नीतिमा परिवर्तन गर्नु परेको कतार पहिलो देश भने होइन ।

यसअघि, ब्राजिलमा सम्पन्न २०१४ को विश्वकपमा पनि फिफाले मदिरा नीति परिवर्तन गर्नका लागि दबाब दिएको थियो । फिफाले ब्राजिलमा प्रतियोगिता अवधिभरका लागि विशेष विधयेक पास गर्न दबाब दिएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 79

प्रतिक्रिया (०)

सम्बन्धित खबर
नेपालले आज थाइल्याण्डसँग खेल्ने
आइतवार, कार्तिक २५, २०८१
नेपालले आज यूएई विरुद्ध खेल्ने
शनिवार, कार्तिक २४, २०८१