Aamsanchar

झापा क्षेत्र नं. ३ बाट अध्यक्ष राजेन्द्र लिङ्गदेन र ४ मा खुस्बु ओली उठ्ने निश्चित

Author Image
बुधवार, भदौ २२, २०७९

झापा । मंसिर ४ गते हुने दुई तहको निर्वाचनमा संघिय सासंदका लागि झापा क्षेत्र नं. ३ बाट राप्रपा अध्यक्ष राजेन्द्र लिङ्गदेन प्रत्यक्ष तर्फ उठने निस्चित भएको छ । पार्टीले अध्यक्ष लिङदेनको मात्र नाम सिफारिस गरे पछि लिङदेनको उम्मेदवारी पक्का भएको हो ।
त्यसैगरी क्षेत्र न ४ मा राप्रपाले नयाँ अनुहार प्रस्तुत गरेको छ । प्रत्यक्ष तर्फ प्रतिनिधि सभाको लागि खुस्वु ओलीको नाम सर्बसम्मत राप्रपाले सिफारिस गरेको छ । ओली वेलायतको अक्स्फर्ड विश्वविधालयमा राजनीतिशास्त्र अध्ययन गरेकी राष्ट्रिय प्रजातन्त्र पार्टीकी युवा नेत्री हुन् ।

हिजो बसेको क्षेत्रीय समितिको बैठकले आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा निर्वाचनको लागि प्रत्यक्ष तर्फको उम्मेदवारको लागि सिफारिस गरेको हो ।

अध्यक्ष लिङ्गदेन र नेतृ ओलीको उम्मेदवारी सिफारिस भए सँगै झापा राप्रपामा उत्साह देखिएको छ ।

‘यो अत्यन्तै खुशीको क्षण हो, श्रद्देय अध्यक्ष ज्यूलाई पुन: भोट हाल्ने मौका जुरेको छ।’, राप्रपाका युवा नेता राजकुमार चाम्लिङ्गले भने।
उम्मेद्वारी घोषणा गरिएसंगै चुनावी प्रचार प्रसार अभियानलाई उत्साहित रुपमा अगाडी बढाउने चाम्लिङ्गले बताए।

‘अध्यक्ष ज्यूलाई पुन: एक पटक झापाली जनताले उम्मेदवारको रुपमा पाउनु भएको छ । क्षेत्र नं. ४ बाट युवा जुझारु नेतृ खुश्बु ओलीको उम्मेदवारी पनि अत्यन्तै गौरवको कुरा हो। हामी यो पटक झापाबाट देशव्यापी रुपमा नयाँ सन्देश दिंदै छौं, तत्काल चुनावी कार्यक्रम सार्वजनिक गरिने छ।’ राप्रपा जिल्ला अध्यक्ष केशव ओझाले भने ‘अध्यक्ष लिङ्गदेनले अघिल्लो निर्वाचनमा भारी मतान्तर सहित विजय हासिल गरेको क्षेत्र हो झापाको क्षेत्र नम्बर ३ ।’

यो पटक लिङ्गदेनले पहिलेको भन्दा बढी मतान्तरले विजयी हुने आकलन रहेको राप्रपा नेत्री रन्जु प्याकुरेल बताउछिन् ।

‘यो पटक अध्यक्ष ज्यूको क्रेज छुट्टै छ, वहाँले पहिलेको भन्दा बढी मतान्तरले जित्ने हाम्रो प्रेडिक्शन छ।’, प्याकुरेलले भनिन्।

 

 

Views: 176

प्रतिक्रिया (०)

सम्बन्धित खबर