Aamsanchar

जनताले नदेखेको गठबन्धन कांग्रेसले कसरी देख्यो 

Author Image
बिहिवार, भदौ २३, २०७९

गठबन्धनको अभ्यास सामान्यतया कुनै पनि राजनीतिक दलले संसद मा बहुमत ल्याउन नसके पछि सरकार निर्माणको लागी एक वा दुइ दल मिलेर सरकार बनाउने प्रकृया  या विधिलाई नै हामी गठबन्धन भन्छौँ । यो अभ्यास छिनेकी राष्ट्र भारत र अन्य लोकतान्त्रिक राष्ट्रहरूमा प्रचलनमा आएको देखिन्छ । यस्तो गठबन्धनको अभ्यास आवस्यक्ता र बाध्यता पनि हो । संसद्को पाँच वर्ष समयावधि रहेको हुँदा पटक पटक निर्वाचनमा जानु मुलुक कै लागी आर्थिक रुपले पनि अनुचित हो यही वाध्यताले गर्दा गठबन्धनको सरकार बन्ने योग हुन्छ।

गठबन्धन सरकारको केही राम्रा पक्षहरू पनि छन जस्तो स्थिर सरकारको परिकल्पना,  सुशासन , विकास र पुन निर्वाचनमा जानुबाट रोक्नु । गठबन्धन सरकारमा साझा दायित्वहुन्छ र कुनै पनि निर्णय गर्नु भन्दा पहिले राजनीतिक दल बिच विचार विमर्श गरेर निर्णय लिन्छन् र त्यो निर्णयको सामूहिक उत्तरदायित्व हुन्छ। र त्यस्तो निर्णयलाई गठबन्धन सम्मिलित घटकहरूले समेत आफ्नो निर्णय मन्छन ।

नेकपा एमाले एकीकरण हुनु भन्दा पूर्वका सरकार बन्दै भंग हदै स्थिर सरकार हुन नसके अवस्थामा माओवादी र एमाले को एकीकरण पछि निर्मित नेकपा एमाले ले स्थिर सरकार , सुशासन ,र विकास र समबृध्दी को नारा दिएर चुनावमा सहभागिता जनाए । यहा नेर नेपाली जनता देशमा अस्थिर सरकारका कारणबाट वाक्क र दिक्क भैसकेका राजनीतिक अस्थिरताका कारण दिशाहीन सरकारबाट निराश भएका जनताले मुलुकमा सुशासन र विकास एवं समबृध्दी हुनकै लागी पनि यो नेकपा एमालेको गठबन्धनलाई निर्वाचनमा स्विकारे। नेकपा एमालेको गठबन्धन जनभावना अनुरूप नै थियो जन इच्छा नै थियो र त्यतीखेर को जनआधार पनि स्थिर सरकार शुसाशन कै पक्षमा थियो ।जनता चाहन्थे स्थिर बहुमतको सरकारको लागी बरु गठबन्धन गरेर आउन त्यही जनभावना बुझेर  त्यही अनुरूप नेकपा एमाले निर्मित गरे र निर्वाचनमा गए र नेकपा एमालेले बहुमतको सरकार बनाउन सफल भयो । 

तर यो नेकपा एमाले बनाएतापनि यो  गठबन्धनकै सरकार थियो , यो  सरकारले गठबन्धन सरकारको राम्रो गुण र धर्म बोक्न सकेन यसले गठबन्धनको दोष र अवगुण मात्रै बोक्यो । गठबन्धनको सरकार दिशाहीन र मुल्य हिनता लाई प्रश्रय दियो। सामूहिक निर्णयमा जान सकेन , सामूहिक उत्तरदायित्वको भाव बोक्न सकेन र लोककल्याणकारी निर्णय लिन सकेन मन्त्री बन्ने हान थाप र पालो पालो सरकार प्रमुख हुने समझदारी सम्म पनि अवलम्बन नगरेर गठबन्धन भित्रै तनाव र विवाद सिर्जना भयो अन्तत सरकार भंग हुन पुग्यो ।

निर्वाचन प्रयोजनको लागी गरिने गठबन्धन राजनैतिक दलको आवस्यक्ता र बाध्यता भन्दा पनि जनइच्छा जनभावना अनुरूप हुने हो यो कुरा नेकपा एमालेको गठबन्धन लाई जनादेशबाट अनुमोदन भएकोले पुष्टी गर्छ ।

निर्वाचन अघि गठबन्धन गर्नु भनेको देशमा अस्थिर राजनीति अस्थिर सरकार कसैको पनि बहुमतको सरकार निर्माण हुन नसक्दा गरिने परिकल्पना हो र यस्मा जनता को यस्तो प्रकारको गठवन्धनमा पुर्ण सहमती र अनुमोदन हुन्छ । यस्तो अभ्यास एकपटक नेकपा एमालेबाट प्रयोग भैसकेको छ र एकपल्ट नेकपा एमाले को निर्वाचनमा गरिएको गठबन्धन हेरिसके र बहुमतको सरकार पनि आफ्नै असक्षमता र सत्ता लिप्सा र स्वार्थका कारण पुरा समयावधि सरकार संचालन गर्न सकेनन। गठबन्धन सरकारको यौटा नराम्रो पक्ष यही हो स्वार्थ र सत्ता लिप्सा , राजनीतिक विचारधारा , एवं भ्रष्टाचारले गर्दा गठबन्धन लामो समय सम्म पुर्ण काल चल्न सक्दैन त्यो कुरा नेकपा एमालेबाट जगजाहेर भैसके को छ।

यस्तो अवस्था अहिले गठबन्धन कै सरकार छ । त्यस गठबन्धन भित्र विविध विचार , विविध उध्देस्य वोकेका राजनीतिक दलको गठबन्धन छ र सरकार संचालन सम्मको गठबन्धन त विधी र प्रकृया भित्रै पर्ने राजनीतिक विसय हुन तर यस पछि निर्वाचनमा समेत गठबन्धन गरेरनै अगाडी वडने कुरा युक्तिसंगत देखिन्दैन ।

पाँचदलिय गठबन्धनको उध्देस्य के हो ? जनतामा जादा के भनेर जाने ? अहिलेको यो गठबन्धन संग उचित जवाफ छैन ।

माधव नेपालले भनि सके ‘कत्रो जोखिम मोलेर पाटी फुटाएर आए अहिले भागवन्डा उव्रेको दिने ‘प्रचण्डको पनि त्यही अवस्था छ ’ ‘भने जस्तो सिट बांडफाड भएन भने यो गठबन्धन भंग गर्दै अर्को गठबन्धन गर्छौ’ नेपाली काग्रेस भन्छ केपी ओलिको सर्वसत्ताबाद अधिनायकबाद र संबिधान र गणतन्त्रमा प्रतिगमन देखिएको हुँदा रक्षाको लागी गठबन्धन गर्नु परेको । केपी ओलिको गठवन्धनमा रहेका माधव नेपाल र प्रचण्ड जस्ता सहयात्रीलाइ मिलाएर गरिएको यो गठबन्धन को जग नै कमजोर छ भन्नु पर्छ।केपी ओलिको तत्कालिन सरकारमा हौसला दिने यि दुइको सहमतीलाइ अहिले काग्रेसले भने जस्तै प्रतिगमनको दोष किन नलगाउने । अर्को कुरा जव नेकपा एमाले बाट माधव नेपालले पाटी फुटाएर नेकपा समाजवादी वनाए भने प्रचण्ड नेकपा एमालेबाट अलग भएर माओवादीमै फर्किए त्यति खेर नै निर्वाचनमा गठबन्धन गरेर जाने नेपाली काग्रेसमा सहमति भएको हुनुपर्छ ।

तत्कालिन अवस्थामा त्यसरी अलग भएका यि दुइ दललाइ अवको निर्वाचनमा नेपाली काग्रेसले चुनावी गठबन्धन गरेर राम्रो हैसियतमा प्रस्तुत गर्नु पनि नेपाली काग्रेसमा वाध्यता छ र त्यो वाध्यता भनेको यि दुइ दलको सहयोगवाट वनेका प्रधानमन्त्री शेर बाहादुर देउवाको एक्लो बाध्यता ।त्यो नै बाध्यता अव नेपाली काग्रेसमा भयो ,यस कारणले भयो की नेपाली कांग्रेस सभापती शेर बाहादुर देउवा  हुन र गठबन्धन को सिटबाडफाडमा काग्रेस लचिलो भएको हुन सक्छ। तर के अवको निर्वाचनमा यो पाँच दलिय गठवन्धनमा जनमत हुन्छरु जनताले के भनेर यो गठवन्धनमा विस्वास गर्ने । यो भन्दा अगाडी को गठबन्धनलाई विस्वास गरेर पाँच वर्षकोलागी जनादेस दिएकै हुन अव फेरी त्यो पुनरावृत्ति हुन्छरु मुलुकमा निर्वाचनमा जनताको कुनै एक दलमा विस्वास नहुदा गठबन्धनको खोजी गर्छन त्यो परिस्थिति मंसिर ४को निर्वाचनमा देखिन्दैन  जनताको मतलाइ सर्वोपरी ठान्ने , जनता सार्वभौमहुन भन्ने नेपाली काग्रेसले जनताले नदेखेको जनताले नरुचाएको गठबन्धन कसरी देख्यो त्यो आस्चर्य उदेक लाग्दो छ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 421

प्रतिक्रिया (०)