Aamsanchar

बुद्धशान्ति १ ले ९५ वर्ष माथिका जेष्ठ नागरिकलाई वार्षिक दुई हजार पाँच सय दिने

Author Image
बिहिवार, भदौ २३, २०७९

बुद्धशान्ति । बुद्धशान्ति गाउँपालिका वडा नम्बर १ ले ९५ बर्ष उमेर पूरा भएका वडाका जेष्ठ नागरिकहरुलाई ‘जेष्ठ नागरिक सम्मान कार्यक्रम’ मार्फत वार्षिक रुपमा रु दुई हजार पाँच सय रुपैँया उपलब्ध गराउने भएको छ ।

९५ वर्ष उमेर पूरा हुनुभएका समाजका सम्पत्ती, इतिहासका साक्षी जेष्ठ नागरिकलाई सम्मान स्वरुप वडाको मिटिङले सो निर्णय गरेको वडाध्यक्ष अनिल वाग्लेले जानकारी दिनुभयो । सो रकम जेष्ठ नागरिकबाट आर्शिवाद लिने चाड विजयादशमी अगाडी नै जेष्ठ नागरिकहरुलाई प्रदान गरिने वडाले जानकारी दिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
8
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
Views: 71

प्रतिक्रिया (०)

सम्बन्धित खबर