

काठमाडौंको ताहचलबाट मनि एक्सचेन्ज सञ्चालक लुटिएका छन् । गएराति ४ वटा मोटरसाइकलमा आएका लुटेराहरूले मनि चेन्जर सञ्चालक प्रकाश श्रेष्ठलाई लुटेका हुन् । ठमेलस्थित ओरेन्टल मनि एक्सचेन्जका सञ्चालक श्रेष्ठले आफुलाई चारवटा मोटरसाइकलले फलो गरेर पैसा लुटेर भागेको प्रहरीलाई बताएका छन् ।

लुटपाटबारे अनुसन्धान भइरहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइरालाले बताए । उनले भने–‘ठमेलबाट पछ्याएर ताहाचल नजिकबाट लुटेको पीडितले दाबी गरेका छन्, हामीले अनुसन्धान शुरु गरेका छौं ।’ ठमेलबाट पछ्याएका लुटेराले म्हैपी पुगेपछि डल्लुको पुलतिर जान बाध्य बनाएको श्रेष्ठले प्रहरीलाई बताएका छन् ।
Views: 415

