Aamsanchar

एक नेपाली मलेसियामा मृत्युदण्डको सजायबाट बचे

Author Image
बिहिवार, भदौ २३, २०७९


काठमाण्डौ – मलेसियाको पुनरावेदन अदालतले एक नेपालीको मृत्युदण्डको सजायलाई जेल सजायमा परिवर्तन गरिदिएको छ ।

मलेसियामा रहेको नेपाली दूतावासका अनुसार रोजगारीका लागि मलेसिया पुग्नुभएका धनुषाको गोविन्दपुरका सुरज देव साह तेलीलाई सुनाइएको मृत्युदण्डको सजायलाई पुनरावेदन अदालतले १२ वर्ष जेल सजायमा कायम गरिदिएको हो ।

मलेसियामा रोजगारी गरिरहनुभएका सुरज सन् २०१६ मा कर्तव्य ज्यान अभियोगमा पक्राउ पर्नुभएको थियो । गएको अगस्टमा उहाँलाई मलेसियाको फौजदारी संहिताको दफा ३०२ अनुसार मृत्युदण्डको सजाय तोकिएको दूतावासले जनाएको छ ।

तर अदालतको फैसला र मृत्युदण्डको सजाय सम्बन्धमा गरिएको पुनरावेदनमा मलेसियाको पुत्रजयास्थित पुनरावेदन अदालतले आज बिहीबार(८ सेप्टेम्बर २०३३) मृत्युदण्डको सजायलाई १२ वर्ष जेल सजायमा परिवर्तन गरिदिएको हो ।

पुनरावेदन अदालतको यो फैसलापछि अब सुरज देव साह बाँकी सजाय सकिएपछि नेपाल फर्कने दूतावासले जनाएको छ ।

Views: 159

प्रतिक्रिया (०)

सम्बन्धित खबर