Aamsanchar

कनकाई प्याब्सनले विद्यार्थी बिच गरायो अतिरिक्त क्रियाकलाप  

Author Image
बिहिवार, भदौ २३, २०७९

घैलाडुब्बा ।  प्याब्सन कनकाई नगर समितको आयोजनामा अन्तर विद्यालय अतिरिक्त क्रियाकलाप कार्यक्रम सम्पन्न भएको छ ।
आज (विहिबार) कनकाई ८ स्थित अरुणोदय अंग्रेजी स्कुलमा भएको कार्यक्रममा कनकाईका १९ वटा विद्यालयको तर्फबाट विद्यार्थीहरूको सहभागिता रहेको थियो ।

मेरो हिमाल शीर्षकमा भएको व्यक्तित्व कला मा विभिन्न विद्यालयका छात्रहरूले भाग लिएका थिए ।  जसमा हरिकुल स्कुल बाट उत्सव गौतम, नवीन मिश्र पशुपति, आयुष नेपाल दिव्यरत्न, अभिषेक मैनाली बेनुबाजा, जेसिज दर्नाल प्यारागन, आयुष सिवाकोटी नवयुग, आयुष काफ्ले अरुणोदय र अंकित काफ्ले झापा मेरिगोल्ड विद्यालयबाट भाग लिएका थिए । त्यसैगरी छात्रा तर्फ नवयुग स्कुलबाट  दिव्या उप्रेती, सुमिना गुरागाँई पशुपति, प्रिन्सा तिम्सिना झापा मेरिगोल्ड, सलिना लुँइटेल विद्योदय, सृजना ढुङ्गाना अन्नपूर्ण, सिम्रन सिटौला प्यारागन, समीक्षा मैनाली बेनुबाजा, प्रेरका राजवंशी अरुणोदय, खुसी मिश्र हरिकुल, सिम्रन त्रिखत्री दिव्यरत्न, मनीषा साह (गायन तर्फ ) ग्लोबल स्कुलबाट सहभागिता जनाएका थिए ।

प्याब्सन कनकाई नगर समितिका अध्यक्ष वेनु सुब्बाको अध्यक्षतामा भएको कार्यक्रममा नगर शिक्षा शाखा अधिकृत हरिप्रसाद मिश्रको प्रमुख आतिथ्यता रहेको थियो  । कार्यक्रममा शिक्षा शाखाका रोहित पौडेल, अरुणोदयका संस्थापक भानु राजवंशीलगायतले प्याब्सनले गरेको अतिरिक्त क्रियाकलाप कार्यक्रमको प्रशंसा गरेका थिए । कार्यक्रमको सञ्चालन  प्याब्सनका सचिव मोहन थापाले गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
Views: 487

प्रतिक्रिया (०)